रिलिज आगावै चर्चामा ‘रेवन चस्मा’, हेलिकोप्टर प्रयोगले अहिलेसम्मकै बढी बजेट खर्च !

विवेक लोप्चन १७ पुष २०७७, शुक्रबार कला मनाेरञ्जन

काठमाडौं । माघको पहिलो हप्ता रिलिजको तयारीमा रहेको तामाङ भाषाको म्युजिक भिडियो ‘रेवन चस्मा’को चर्चा केही समयअघिदेखि नै हुन थालिसकेको छ । अझ खुलेर भन्दा तामाङ सांगीतिक क्षेत्रमा तहल्का नै पिटिरहेको छ । पछिल्लो समय अधिकांशले प्रयोग गर्ने सामाजिक सञ्जाल टिकटकमा त झन धेरैले यो भिडियाको आंशिक भागलाई नै धेरै सेयर गरेका छन् ।

साथै, टिकटकमा मात्रै १० हजार ८ जनाले भिडियो बनाएको देखिन्छ । रिलिज अगावै चर्चा कमाउनुमा धेरैको फरक फरक मत छन । कतिपयले भिडियो शुटिङमा हेलिकप्टर प्रयोग गर्नु बताएका छन् । गीत राम्रो हुनु त कतिपयले र्यापमा नया ट्रेन्ड प्रयोग गर्नु पनि भनेका छन् । आखिर भिडियो बजारमा आउनुभन्दा अघि नै यति धेरै मन पराइएपछि यसबारे हामीले निर्माण टिमसँगको धारणा बुझेका छौं ।

के भन्छन निर्देशक दोङ ?
गीतको म्युजिक भिडियोलाई तामाङ समुदायका महानायक अमिर दोङ्ले निर्देशन गरेका हुन । उनले उज्यालो नेटवर्कसँग कुरा गर्दै भने, ‘हामीले यो गीतलाई सकेको मेहनत गरेका छौ । मैले यो भन्दा अगाडि खासै र्याप गीतको निर्देशन गरेको थिएन ।’ उनले आफूले वाइएसके ग्रूपसँग मिलेर ५ बर्षपछी काम गर्ने मौका मिलेकोमा खुशी भएको बताउँदै भने ‘उहाँहरुसँग मैले पहिला नै काम गरेको थिए । ५ बर्षपछी पुनः सहकार्यमा काम गर्न पाएँ ,एकदम खुशी छु ।’

के हो वाइएसके ग्रूप ?
साङ्डुप, याङ्साङ र कावाङ को सहकार्यमा वाइएसके ग्रूप विं स २०६३ मा शुरु भएको हो । तामाङ समुदायमा र्याप गीतलाई यहि ग्रूपले शुरु गरेको हो ।

शुरुवाती चरणमा तामाङ सांगीतिक क्षेत्रमा र्याप गीतले नकारात्मक सन्देश प्रवाह भएको जनगुनासो थियो ।अहिलेसम्म वाइएसके ग्रूपले ११ ओटा गीत बजारमा ल्याएका छन भने ५० ओटा भन्दा बढी गीतमा फिचरिङ गरिसकेको छ ।

आफूहरुले तामाङ सांगीतिक क्षेत्रमा विकृति नल्याएको र बरु गीतलाई नयाँ ट्रेन्डमा लगेको बताए ।

गीतबारे के भन्छन साङ्डुप ?
उनले गीत बनाउदा धेरै मेहनत गरेको र रिलिज अगावैको चर्चाले झन खुशी रहेको बताउदै भने, ‘शिकला नानाको यश गीतमा फिमेल भोकल रहेको छ । यो गीतको लागि धेरै मेहनत गरेका छौ । तामाङ गीत संगीत पनि यो सम्म पुगेको छ भन्ने अरुमा सन्देश जाओस भनेर हामिले त्यही अनुसारको खर्च गरेका छौ । एक त टिकटकमा सबैले मन पराउनु भयो ।ू उनले रेबन चस्मा अलि क्याची शब्द भएको कारण पनि दर्शकले मन पराएको बताउँछन ।

उनले आफूहरुले र्यापमा कुनै पनि गलत शब्द प्रयोग नगरेको र अहिलेसम्म र्यापलाई सकारात्मक रुपमा प्रस्तुत गर्दै आएको बताए ।उनले भने, ‘र्यापलाई गलत रुपमा बुझ्नु हुदैन । हामीले कल्चरलाई बिर्सेका छैनौं । हामीले नयाँ नयाँ प्रयोग गरिरहेका छौ ।’

मोडल निरान्जलीको मत
पछिल्लो समय निकै चर्चामा रहेकी मोडल निरान्जली लामाले उज्यालो नेटवर्कसँग कुरा गर्दै भनिन ‘यो प्रोजेक्ट मैले गरेको अहिलेसम्मकै बिग प्रोजेक्ट हो । रेवन चस्माले राम्रो फिड्ब्याक पनि पायो खुशी छु ।’

उनले भिडियो रिलिज पछि पनि दर्शक एंव स्रोताले उतिकै माया गर्नेमा विश्वस्त रहेको बताइन ।

निर्माण टिमले भिडियो शुटिङ गर्दा हेलिकप्टरको प्रयोग गरेको थियो । त्यसैले धेरैले तामाङ सांगीतिक क्षेत्रमा अहिलेसम्मकै सर्वाधिक बजेटको म्युजिक भिडियो भनिरहेका छन । निर्माण पक्षले माघको पहिलो हप्तामा भिडियो रिलिज गर्ने तयारी गरिरहेको बताए । भिडियो सम्पादन करिब ७५ प्रतिशात सकिएको र बाँकी कामहरु चाडै सप्पन्न हुने बताएको छ ।

भिडियोलाई संकल्प भुजेलले छायांकन, चर्चित फिल्म कलोरिस्ट राजेन्द्र मोक्तान, चर्चित फिल्म सम्पादक दिर्घ खड्काले सपादन गरेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार