२५ मंसिर २०७७, बिहीबार

युएईका टिकटकमा छाएका नेपालीहरु, जस्ले राम्रो सन्देश दिएका छ्न

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ मंसिर २०७७, बिहीबार फुर्सद

रमेश खडका काशी / दुबई । कोभिड-१९ का कारण थला परेको नेपाली साङ्गितिक जगत यति खेर टिकटकमा मन बुझाउन सिमित छ । कोरोना भाइसरको कारण मनोरञ्जनका साधनहरु चलचित्र,म्युजिक भिडियो ,महोत्सव आदि लगभग ठप्प नै भएका छ्न । तर पनि चाहाना भए बहानाले छेक्दैन भने झै कला र गला भएकाहरु अहिले सामाजिक सन्जालको निकै लोकप्रिय मानिएको चाइनिज एप टिकटकमा आफ्नो अभिनय गर्न ब्यास्त छ्न । सन २०१७ बाट सुरु भएको छोटो र सरल भिडियोहरुमा अभिनय गर्ने यो एप अहिले सन्सारभर नै लोकप्रिय बन्दै गएको छ । हालसम्म यो एप्स एक बिलियन पटक डाउनलोड भैसकेको छ ।

बिश्वका केही देशहरुमा बिबादित रहेको यो एप नेपालमा भने खासै असर परेको देखिन्दैन । यहि एपको माध्यमबाट धेरै नेपालीहरुले आफ्नो पहिचान बनाएका छ्न भने केही अझै पहिचान बनाउने होडबाजिमा लागीरहेका छ्न ।

नेपालमा मात्र होइन नेपाल देखि बाहिर सयुक्त अरब इमिरेट्स(युएई) मा रहेका नेपालीहरुमा पनि अहिले टिकटकको मोह निकै बढेको छ । अन्य देशको तुलनामा युएईमा रहेका टिकटक प्रयोगकर्ता नेपालीहरु निकै सजक र मिहिनेती देखिन्छ्न । उनिहरु स्थानीय देशको कानुनलाई मध्यनजर गर्दै टिकटक भिडियो बनाउछ्न । प्राय युएईमा रहेका नेपालीहरु विभिन्न कलाकारहरुको नक्कल गर्ने भिडियो देखि लिएर आफू भित्र रहेको कला प्रस्तुत गर्छ्न भने केही प्रयोगकर्ताहरु युएईको नियम कानुनको बारेमा जानकारी एबम सन्देशमुलक भिडियोहरु बनाउछ्न ।

युएईमा रहेर अभिनय,नाच र मनोरञ्जनका छोटा र राम्रो भिडियोहरु बनाउने एउटा नाम हो सारा निरौला । उनको टिकटकमा हालसम्म २ लाख ४८ हजार ५ सय फलोवर्स छ्न । उनको टिकटकमा प्राय जसो नेपाली देखि लिएर इन्डियन गितहरुमा समेत डान्स गरेका भिडियोहरु देख्न सकिन्छ । कोभिड-१९ महामारीको समयमा मानिसहरु मनोबैज्ञानिक त्रासमा बस्न बिबस भएको बखतमा समेत उनको टिकटक भिडियोहरुले केही हद सम्म भए पनि मानिसहरुलाई मनोरञ्जन प्रदान गरेको छ ।

त्यस्तै युएईको टिकटकमा चलेको अर्को नाम हो निसा न्यौपाने । जसको हाल सम्म २ लाख २३ हजार ३ सय फलोवर्सहरु रहेका छ्न । उनी युएईमा आफ्नै ब्युटी पार्लर र टेलेरिङ ब्याबसाय गरेर बस्छिन । उनको टिकटक भिडियोहरुमा दैनिकी नेपाली कपडाहरुको सिलाइ बुनाइ सम्बन्धि जानकारीका साथै महिलाहरुको लागि सौन्दर्यताको ज्ञान प्राप्त गर्न सकिन्छ । निसा जस्तै युएईको टिकटकमा चलेको अर्को नाम हो रोस्मा कटवाल । उनको हाल सम्म १ लाख १३ हजार फलोवर्स रहेका छ्न । उनको टिकटकमा हाल सम्म कुनै बिबादहरु रहेका छैन्न । प्रायजसो उनले मनोरञ्जन र विभिन्न कलाकारहरुको नक्कल गरेको छोटा भिडियोहरु बनाउछिन ।

युएईको सामाजिक सन्जालहरुमा छुटै पहिचान बनाएको अर्को नाम हो कल्पना गौड । उनी पेशाले रजिस्ट्रार नर्स हुन । उनको टिकटकमा हाल सम्म १ लाख १६ हजार फलोवर्स रहेका छ्न । उनी युएईको रस अलि खेमामा आफ्नै अन्लाइन ब्याबसाय पनि गर्छिन । टिकटकमा निकै स्तरीय भिडियोहरु बनाउने कल्पना आफ्ना भिडियोहरुमा नेपाल र नेपाली कलासस्कृतीको प्रचार प्रसार गर्छिन ।

टिकटक खास गरि छोटा सरल भिडियोहरु बनाउने र लाइभमा आएर आफ्ना फलोवर्सहरु सग कुराकानी गर्ने एउटा खुल्ला प्लाट्फम हो तर युएईमा रहेका टिकटक प्रयोगकर्ताहरु यहि टिकटकको माध्यमबाट यहाँ रहेका नेपालीहरुलाई ज्ञानगुनका कुराहरु पनि सिकारहेका हुन्छ्न
ती नै ब्याक्तीहरु मध्ये एक नाम हो कुमार लम्साल । उनको टिक टक भिडियोहरुमा नेपालर देखि युएई सम्मका विभिन्न जानकारीहरु पाउन सकिन्छ । नेपाल सरकारले वैदेशिक रोजगारीको लागि बनाएका नया नियम कानुनहरु एबम युएई सरकारले बनाएका नियम कानुन देखि भिसा सम्बन्धि जानकारीहरु उनको छोटो भिडियोमा पाउन सकिन्छ ।
कला र गलालाई कुनै भुगोलले छेक्दैन भने झै हेर्दैमा कपाल, दारी सेतै फुलेको बुडौलीपनले छोएको देखिने तर दैनिक नियमित कसरत गरेर युबा अवस्थाको लक्का जस्तै फुर्तिलो अर्को नाम हो नवराज पान्डे । उहाको टिकटकमा युएई सरकारले आयोजना गरेको २१ किलोमीटर म्याराथोन दौड देखि युएईका पहाड चड्ने ,समुन्द्रका किनारमा बिहान बिहान दौडने जस्ता भिडियोहरु देख्न सकिन्छ । उहाको भिडियोहरुबाट मानिसले स्वास्थ रहन नियमित कसरत गर्नु जरुरी छ भन्ने राम्रो सन्देश पाउन सकिन्छ ।
टिकटकले युएईमा रहेका नेपालीहरुको प्रतिभा देखाउने थलो पनि बनाइदिएको छ । यस्तै आफ्नो प्रतिभा देखाइ टिकटकमा परिचित नाम हो इन्द्र सेन्चुरी । सेन्चुरीले प्राय जस्तो उनको भिडियोहरुमा मधेसी हाउभाउ र पहिरनमा कमेडी भिडियोहरु बनाउछ्न । टिकटकमा उनको त्यतै धेरै फलोवर्स नभए पनि उनको भिडियोहरु भने धेरै नेपालीहरु माझ पुगेका छ्न ।

मानिसहरुका रहर पनि अनेक अनेक हुन्छ्न ,त्यस्तै अनौठो प्रस्तुति दिएर टिकटकमा परिचित नाम हो अमित तामाङ । अमितको भिडियो बनाउने तरिका अरुको तुलनामा अलिक फरक छ । उनी पानी भित्र क्यामरा राखेर नाच्ने गर्छ्न । हेर्दा उनको त्यो भिडियो इडिट गरे जस्तो देखिए पनि तर वास्तविक हो । उनको हाल सम्म झन्डै एक लाखको हाराहारीमा फलोवर्सहरु रहेका छ्न ।
युएईमा रहेका नेपालीहरुको टिकटक मोहको बारेमा लेखी रहदा यसको इतिहासलाई भने छुटाउन मिल्दैन । जब टिकटक सन २०१७ मा लन्च भयो त्यस भन्दा पहिले म्युजिकल ले नाम एप बाट चलाइएको थियो उक्त समयमा नै युएईका परिचित अनुहारहरु एमडि बोहोरा,आसिश पुरुष,सरिका सुनार,ओम प्रकाश पोख्रेल ,नवीन पौड्याल ,अनुराग थपलिया,रमेश छितिजहरु निकै सकृय थिए । हाल उक्त अनुहारहरु कोहि अझै सकृय छ्न भने केही छिट्फुट मात्र उपस्थिति जनाउछ्न ।

यी त भए युएईमा रहेका केही प्रतिनिधि टिकटक प्रयोगकर्ताहरु । युएईमा धेरै नेपालीहरुले टिकटक चलाउछ्न तर यहाँ भाइरल हुने र फलोवर्स बढाउने जोसमा अनेकन झै-झगडा ,अपशब्द बोलिएका भिडियोहरु पनि बेलाबखत पोस्ट गरेको देखिन्छ ।

त्यसो त टिकटकमा राम्रै फलोवर्स रहेका केही नेपालीहरु बेला बखत आफ्नै नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई गाली ब्याइजती गर्दै युएईमा रहेको नेपालीहरु बिचको आपसी सदभाबमा खलल पुर्याई रहेका छ्न यस बिषयमा सम्बन्धि निकायको बेलैमा ध्यान जानु जरुरी छ । युएईमा सामाजिक सन्जालमा कसैलाई गाली ब्याइजती र अपमान गर्न पाइन्दैन । यसो गरेमा यहाको स्थानीय कानुन अनुसार ५ लाख सम्म जरिवाना वा जेल दुबै सजाय हुने ब्याबस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार