शिक्षकले पोशाक नलगाएर विद्यालय आए भत्ता गाउँपालिकाले रोक्का गर्ने !

उज्यालो प्रतिनिधि २१ मंसिर २०७७, आईतवार शिक्षा

फुङलिङ । ताप्लेजुङको मैवमाखोला गाउँपालिकाले आजबाट सबै विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यालयमा कार्यरहत शिक्षकले पोशाक नलगाएर विद्यालय आए भत्ता गाउँपालिकाले रोक्का गर्ने भएको छ ।

लामो समय कोरोना भइरसका कारणले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परिरहेकाले आजदेखि औपचारिक विद्यालय खोल्ने निर्णय गरिएको गाउँलिकाका प्रवक्ता थ्रुककुमार चोङवाङले बताए । सबै विद्यालयमा आवश्यक स्वास्थ्य सामग्री गाउँपालिकाले उपलब्ध गराइ दिने प्रवक्ता चोङवाङले बताए ।

कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई बिहान कक्षा सञ्चालन हुने भएको छ । कक्षा ८ देखि तलका विद्यार्थीलाई दिउँसो कक्षा सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता चोङवाङले बताए । शिक्षकलाई तोकिएको पोशाक अनिर्वाय लागाएर मात्र विद्यालय हाजिर हुनुपर्ने शिक्षा शाखाका प्राविधिक सहायक अर्जुनकुमार घिमिरेले जानकारी दिए ।

पोशाक लगाए/नलगाएको बारे छड्के अनुगमन गर्ने र तोकिएको पोशाक नलगाउने शिक्षकको पोशाक भत्ता कटौती गर्ने निर्णय गाउँपालिकाले गरेको घिमिरेले बताए ।

गाउँपालिकामा माध्यमिक विद्यालय पाँच, निम्नमाध्यमिक विद्यालय तीन, आधारभूत विद्यालय २० गरी जम्मा २८ सामुदायिक विद्यालय सञ्चालनमा रहेको शिक्षा शाखा प्रमुख कोम्देनले बताए । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार