चीनको ल्हासा नगरबाट काठमाडौं महानगरलाई २ ट्रक उपहार

उज्यालो प्रतिनिधि २१ मंसिर २०७७, आईतवार बागमती

काठमाडौं । काठमाडौँ महानगरपालिकालाई चीनको ल्हासा नगरबाट दुई थान फोहर बोक्ने कम्प्रेस्ड गारवेज ट्रक उपहार स्वरुप प्राप्त भएको छ । “२०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न ल्हासा नगरका प्रमुख गुहेओ गुहेओ आउनुभएकै समयमा उनले काठमाडौँ सरसफाइका लागि ट्रक उपहार पठाउने बताउनुभएको थियो, सोहीअनुरुप आज उक्त ट्रक प्राप्त भएको हो । ल्हासा नगरसँग कामपाको भगिनी सम्बन्ध स्थापित भइसकेको छ ।”

यही १५ गते ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका अधिकारीले कामपाको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयलाई उक्त ट्रक हस्तान्तरण गरेका थिए । त्यस अवसरमा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम बसेल, वित्त विभागबाट उपनिर्देशक प्रवीण प्याकुरेल, विपद् व्यवस्थापन विभाग नगर प्रहरी नायब उपरीक्षक विष्णु जोशी, चालक बलराम चचामु र दीपक वैष्णव रहेका थिए । ती ट्रकहरु यही मङ्सिर १६ गते काठमाडौँ ल्याइएका हुन् । ती ट्रकको मूल्य करिब रु १ करोड ९० लाख रहेको छ ।

आज कामपाका प्रमुख शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गरे । त्यसअघि प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले प्रमुख शाक्यलाई साँचो हस्तान्तरण गरेका थिए । सात हजार २०५ किलोग्राम फोहोर कम्प्रेस बोक्नु यसको मुख्य विशेषता हो । सङ्कलित फोहोरलाई पछाडिको बकेटमा राखेपछि यन्त्रले फोहोरलाई विस्तारै उचाल्न थाल्छ । त्यसपछि कम्प्रेस्ड यन्त्रले फोहोर खाँदिन थाल्छ । यसको क्षमता पूरा भएपछि आफैँ आवाज दिएर जानकारी गराउँछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार