सुनको मूल्य प्रतितोला ९१ हजार पुग्यो

उज्यालो प्रतिनिधि ८ असार २०७७, सोमबार अर्थ

काठमाडौं । घरेलु बजारमा सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा प्रतितोलामा ४ सय रुपैयाँले बढेको हो ।

विश्वबजारमा सुनको मूल्य बढे पछि नेपाली बजारमा पनि आकासिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ५२.८० अमेरिकी डलर पुगेको छ ।

यस्तै, अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस १७.८८ डलर पुगेको छ । मूल्य बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै भएको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

अन्तर्राष्ट्रिय वस्तु बजारमा सुनको मूल्य निकै उतारचढावपूर्ण रहेकाले आउँदा दिनमा स्वदेशी बजारमा अझै बढ्ने अनुमान गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार