मनीषा कोइराला कहाँ छिन् अहिले ?

उज्यालो प्रतिनिधि २४ जेष्ठ २०७७, शनिबार उज्यालो फोकस

काठमाडौं । परिवारसहित तीन दिनअघि मुम्बईबाट काठमाडौं आएकी अभिनेत्री मनीषा कोइराला अहिले राजधानीको एक होटलको क्वारेन्टाइनमा बसेकी छन् । उनले आफ्नो कोरोना टेस्ट पनि गराएकी छन् । उनीलगायत सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

विदेशबाट आएपछि १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमअनुसार घर नगई अभिनेत्री उनी आफ्ना ब्वाआमासँगै होटलमा बसेकी हुन् । मनीषा मंगलवार मुम्बईबाट हवाईजहाजमा बनारस आएकी थिइन् । त्यसपछि गोरखपुर हुँदै गाडीमा भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी हुन् ।

मनीषा उनका बुवा, आमा र काकीसँग नेपाल आएकी हुन् । क्वारेन्टाइनमा रहेका कारण उनले निश्चित आफन्तबाहेक अरुसँग भेटघाट गरेकी छैनन् । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा जारी गरेपछि मनीषाले यसको स्वागत गरेकी थिइन् । त्यसपछि मनीषाको विरोधमा भारतीय मिडिया खनिएका थिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार