सरकारलाई चार अर्ब ६८ करोड बढी अनुदान

उज्यालो प्रतिनिधि २१ बैशाख २०७७, आईतवार अर्थ

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु चार अर्ब ६८ करोड ८२ लाख अनुदान उपलब्ध गराउने भएको छ ।

चुरे क्षेत्रको पर्यवरणीय सन्तुलन कायम गर्दै त्यस क्षेत्रका जोखिममा रहेका समुदायको एकीकृत दिगो प्राकृतिक व्यवस्थापनका माध्यमबाट जीवनयापनमा सघाउन साढे छ वर्षको उक्त परियोजना वन तथा वातावरण मन्त्रालयले गर्नेछ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुम श्रीकृष्ण नेपाल र यहाँस्थित एफएओका प्रतिनिधि सोमसक पोपोपिन्योले हस्ताक्षर गरे । उक्त परियोजना प्रदेश नं १, २ र वाग्तमती प्रदेशका चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा आश्रित दुई लाख ६८१ परिवारको जीवनयापनमा सघाउन कार्यान्वयन गरिने छ । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार