भद्रगोलमा ‘विलासे’को भूमिकाबाट चर्चामा आएका सुवासलाई कोरोना संक्रमण पुष्टि

उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार उज्यालो फोकस

लण्डन । नेपाली हाँस्यटेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेर चर्चामा आएका कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण देखिएको छ ।

विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका सुवासलाई हालै कोरोना संक्रमण भएको पुष्टी भएको हो । अहिले सुवास लण्डनमा नै छन् । कोरोना पुष्टी भएपछि उनलाई उनी बस्दै आएको घरमा नै आइसुलेसनमा राखिएको छ ।

कोरोना भाइरसको संक्रमण बढेपछि सुवासका साथीहरु भने नेपाल फर्किए । तर, सुवासले नेपाल आउने मन गरेनन् । रोग लागिहाले पनि नेपालमा भन्दा लण्डनमा राम्रो उपचार हुने सोचेर उनी त्यहीँ बसेका थिए ।

सुवास लण्डनमा सुरक्षा सम्बन्धि काम गर्छन् । उनको परिवार पनि उतै छन् । सुवासलाई कोरोना देखिएपछि उनको परिवारमा पनि डर थपिएको छ । सुवासको एक छोरा र एक छोरी छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार