नेपालमा जुन सुटिङका लागि अभिनेता इरफानलाई जुरेन !

उज्यालो प्रतिनिधि १७ बैशाख २०७७, बुधबार उज्यालो फोकस

अभिनेता इरफान खान नेपाल आउने तय थियो । विशाल भारद्वाजले दीपिका पादुकोण र इरफान खानलाई लिएर नयाँ फिल्म बनाउने घोषणा गरेका थिए ।

सो फिल्मको सुटिङका लागि नेपालमा सम्पूर्ण तयारी पूरा भएको जानकारी फिल्मका निर्मातामध्येका एक किअर्ज इन्टरटेनमेन्टका प्रेरणा अरोराले दिएकी थिइन् ।

५ मार्च २०१८ मा फिल्म सुटिङ हुने सुरु हुने तय थियो । तर, इरफान र दिपिका दुबै बिरामी भएपछि यो सुटिङ धकेलियो । दीपिकामा ढाडको समस्या देखिएको थियो भने इरफान जन्डिसले थलिएका थिए । निर्देशक भारद्वाजले आफ्ना कलाकार स्वस्थ नभएका कारण सुटिङमा ढिलाई गर्नुपरेको जानकारी दिए ।

उपचारका क्रममा इरफानलाई न्युरोइन्डोक्राइन क्यान्सर भएको पुष्टि भयो । त्यसपछि फिल्म थप अनिश्चित बन्दै गयो ।

क्यान्सर जितेपछि इरफान अधुरा रहेका फिल्मको सुटिङमा फर्किए । उनले ‘अंग्रेजी मिडियम’ फिल्मको सुटिङ अप्रिल २०१८ मा पूरा गरेका थिए । तर, दीपिका र इरफानले अभिनय गर्ने र नेपालमा सुटिङ हुने भनिएको फिल्म सुरु नै भएको थिएन ।

सञ्चारमाध्यमले सुरुवातमा यो फिल्म मुम्बईकी माफिया सप्ना दिदीको जीवन रहेको हल्ला पनि चलाएका थिए, तर निर्देशक भारद्धाजका अनुसार यो बायोपिक थिएन । बरु, हुसैन जइदीको पुस्तक ‘माफिया क्विन्स अफ मुम्बई’ मा आधारित थियो, एक्सन फिल्म भएकाले शारिरीक धपेडी धेरै पर्ने थियो ।

आफ्ना कलाकार पूर्ण फिट नभई सुटिङ सुरु नगर्न विशाल भारद्धाजलाई डाक्टरले सल्लाह दिएका थिए । मिति धकेलिदैं गयो । नोभेम्बरमा दिपिका र रणवीर सिंहबीच विवाह हुँदै थियो । दीपिकाले विशाल भारद्धाजलाई यस फिल्मका लागि लिएको पैसा फिर्ता गरिदिइन् र सम्झौता रद्द गरिन् । इरफान पूर्ण स्वस्थ्य भएपछि मात्रै फेरि फिल्मको सुटिङमा जाने मौखिक सहमति भयो ।

दुर्भाग्य, इराफनको निधन हुन पुग्यो यो फिल्मको सुटिङ फेरि सुरु हुन आशा समाप्त भयो । अन्तिम पटक इरफान खान १३ मार्चमा रिलिज भएको ‘अंग्रेजी मिडियम’ मा देखिएका थिए । .

दीपका र इरफान सन् २०१५ को फिल्म ‘पिकु’ मा एकसाथ देखिएका थिए र जोडीलाई निकै मन पराइएको थियो ।

यद्यपि अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन त्यसअघि उनी २००८ मा नेपाल आएका थिए । सो क्रममा उनी पोखरा पनि पुगेका थिए। पोखराको प्राकृतिक दृश्यले मन लोभ्याएको उनको भनाइ थियो ।

इन्डिया टाइम्स र हिन्दुस्टान टाइम्सको सहयोगमा

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार