सौराहाका होटल क्वारेन्टाइनलाई दिइने

उज्यालो प्रतिनिधि १२ चैत्र २०७६, बुधबार फोटो समाचार

–नारायण अधिकारी

चितवन, १२ चैत (रासस) । पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल क्वारेनटाइनमा प्रयोग गर्न दिइने व्यवसायीले जनाएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका प्रतिनिधिसहित सरोकारवालाहरुको बैठकले सरकारलाई क्वारेन्टाइनका लागि होटल प्रयोग गर्न दिने निर्णय गरेका हुन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार क्वारेन्टाइनका लागि चार हजार श्यया दिन सकिने छ । बैठकले तीन हजार श्यया केन्द्रीय सरकार र एक हजार श्यया स्थानीय सरकारले प्रयोग गर्ने गरी दिन सकिने निर्णय गरेको हो ।

स्थानीय सरकारले प्रयोग गर्ने क्वारेन्टाइनमा विशेषतः पूर्वि चितवनकै बासिन्दा हुनुपर्ने उहाँले बताउनुभयो ।

कोरोनाको सङ्क्रमण रोक्न सरकारले मङ्गलबारदेखि देशभर बन्द घोषणा गरेसँगै सौराहाका होटल व्यवसायीले आफ्ना होटललाई क्वारेन्टाइनमा राख्न आह्वान गरेका हुन् । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा कोरोनाको सन्त्राससँगै सुनसान छ । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय गतिविधि रोकेपछि थप सुनसान भएको हो ।

सौराहामा ११५ वटा होटल रहेका छन् । ती होटलको क्षमता पाँच हजार ५०० हाराहारी रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा प्रमुख बासस्थान हो ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा हरेक वर्ष दुई लाखभन्दा बढी पर्यटक आउने गर्छन् । कोरोनाको प्रभावका कारण व्यवसाय प्रभावित भएपछि बैंकको ब्याज र किस्ता तिर्न नसक्ने भन्दै व्यवसायीले सरकारसँग सहयोग मागेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार