सशस्त्र प्रहरी बलको टोलीद्वारा विओपी स्थापना गरिने गागा क्षेत्रको स्थलगत अनुगमन

उज्यालो प्रतिनिधि १२ चैत्र २०७६, बुधबार फोटो समाचार

गणेश कुमार ठाकुर, सिरहा । सशस्त्र प्रहरी बलको टोलीले विओपी स्थापना गरिने ब्याँस गाउँपालिका‐१ मा पर्ने गागा क्षेत्रको स्थलगत अनुगमन गरेको छ । चैत्र ४ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर बिष्टको नेतृत्वमा स्थलगत निरीक्षणका लागि गएको टोलीले बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिने गागा क्षेत्रको स्थलगत अनुगमन निरिक्षण गरि खलंगा फर्किएको हो ।

डीएस्पी विष्टले भारतीय सुरक्षाकर्मीहरुसँग सीमा क्षेत्रकोबारेमा जानकारी लिएको बताए । डीएसपी विष्टले भारतीय सुरक्षाकर्मीहरुले सशस्त्र प्रहरी बेलको बिओपी स्थापना हुने विषयलाई सकारातमक रुपमा लिएको बताए । उनले सो क्षेत्रमा भौगोलिक बनावटका चुनौतीहरु धेरै रहेको उनले बताए । उनले सो क्षेत्रमा पुग्नका लागि नेपालको बाटो भत्किएकोले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए । हिमपातका कारण छाङरुङ पुग्नका लागि भारतीय बाटो प्रयोग गर्नु परेको बताए ।

गागा क्षेत्रमा अबको केहि महिना भित्रै सशस्त्र प्रहरी बलको बिओपी स्थापना हुने समेत उनले बताए । स्थलगत अनुगमन तथा निरीक्षण पछि खलंगा फर्किका गुल्मपति बिष्टले बाह्रै महिना गागा क्षेत्रमा सशस्त्र प्रहरी बलको बिओपी तैनाथ गर्न भौतिक पुर्वाधार र सुरक्षाकर्मीहरुको सेवा सुविधा केही बढाउनुपर्ने बताए । ‘भौतिक पुर्वाधार राम्रो नभइकन सो क्षेत्रमा बाह्रै महिना सुरक्षा दिन सकिने अवस्था छैन् । सो क्षेत्रमा बस्ने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्छ’, उनले भने, ‘तर, बिओपी स्थापना पछि सुरक्षामा खटिने सुरक्षाकर्मीहरुको सेवा सुविधा समेत बढाइनु पर्छ ।’

डीएसपी विष्टले गागा क्षेत्रमा सुरक्षा दिने सुरक्षाकर्मीलाई कुनै खालको स्वास्थ्य समस्या देखिएमा तत्काल उद्दार गर्न हेलिकप्टरको व्यवस्था सम्म गरिनु पर्ने बताए । ‘सिमा क्षेत्रको सुरक्षामा खटिएका सुरक्षाकर्मीले राज्यले मेरो स्वास्थ्यमा समस्या देखिए तत्काल रेस्क्यु गर्छ भन्ने फिल गर्नुपर्ने वातावरण निर्माण भयो भने राम्रो हुन्छ ।’

उनले सो क्षेत्र अहिले सुनसान रहेको बताए । हिमपातका कारण मानिसहरु बेँसी झरेको र सो क्षेत्रमा गाउँ कुरुवासहित तीन जना मात्र रहेको डीएसपी विष्टले बताए । गुल्मपति बिष्टको नेतृत्वमा चैत्र ४ गते १५ जना सशस्त्र प्रहरीको टोली त्रिदेशीय सिमा क्षेत्र तर्फ खटिएको थियो । सशस्त्र प्रहरीको बिओपी स्थापना गर्न ब्याँस गाउँपालिका–१ छाङरुको गागा स्थित कित्ता नम्बर ३५ को १ सय १५ रोपनी ३ आना जग्गा मध्ये गागा नदीको काठेपुल छेउ, गोरेठो बाटो उत्तर पश्चिमतर्फको १५ रोपनी जमिन सशस्त्र प्रहरी बलको नाममा नामसारी गरि सकिएको छ ।

लामो समयदेखी जिल्लावासीले त्रिदेशीय सिमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी स्थापनाको माग गर्दै आइरहेका छन् । बिओपी स्थापना गरिए त्रिदेशीय सीमाक्षेत्रको निगरानी र स्थानीयको सुरक्षा लगायत सिमा रक्षा हुने विश्वास लिइएको छ । ब्याँस गाउँपालिका–१ तिंकरमा ६५ तथा छांगरुमा १ सय ५ घरधुरी ब्याँसी सौका समुदायको बसोबास रहेको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार