विवेक लोप्चन,काठमाण्डौ । नेपाली चलचित्र ‘छाल’ निर्माण हुने भएको छ । नेपाल इन्टरनेशनल फिल्म एकाडेमीको ब्यानरमा चलचित्र निर्माण हुन लागेको उक्त टिमले बताएका छन ।
अर्को बर्ष प्रदर्शन हुने उक्त चलचित्र सुमन माझीले निर्माण गर्न लागेका हुन भने सुन्जित माझीले निर्देशन गर्न लागेका हुन ।
साेम कुस्कुमाझी माझिको कथामा माझी समुदायमा किङको रुपमा परिचित यमन माझी, सजना माझी ,लाेक बाहादुर माझी ,रुपेश माझी ,साबित्रा माझी ,अनुषा माझी पुरुषाेतम माझी ,पन्च माझी, सुब्बा माझी लगायतको अभिनय रहने बताइएको छ ।






