यौन दुर्व्यवहार गरेको आरोपमा हलिउड निर्माता विंस्टिनलाई २३ वर्षको जेल सजाय

उज्यालो प्रतिनिधि २९ फाल्गुन २०७६, बिहीबार उज्यालो फोकस

काठमाडौं । हार्वे विंस्टिनलाई यौन दुर्व्यवहार आरोपमा २३ वर्षको जेल सजाय सुनाइएको छ ।

निर्माता विंस्टिन ह्वील चेयरमै अदालत पुगेका थिए । हलिउडका शक्तिशाली निर्माताको रुपमा चर्चित विंस्टिनलाई २५ फेब्रुअरीमा न्यूयोर्कको एक जूरीले यौन दुव्र्यवहार मुद्दामा दोषी ठहर गरेको थियो ।

निर्माता विंस्टिनमाथि क्रिमिनल सेक्सुअल एक्ट र दुव्र्यवहारलगायतको आरोप लगाइएको थियो । पाँच महिला र सात पुरुषहरुको जूरीले पाँच दिनसम्म विचार–विमर्श गरेर निर्माता विंस्टिनलाई थर्ड डिग्री रेप र फस्र्ट डिग्री अपराधिक यौन गतिविधि मुद्दामा दोषी ठहर गरेका हुन् ।

निर्माता विंस्टिनविरुद्ध ८० भन्दा बढी महिलाहरुले यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए । जसमध्ये, उनको पूर्व सहयोगी मिमी हेली र हलिउड अभिनेत्री जेसिका मानलगायत पनि छन् ।

यस अगाडि पनि निर्माता विंस्टिनले २०१३ मा न्यूयोर्कको एक होटलमा एक महिलालाई यौन दुव्र्यवहार गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार