पाँचतारे होटलमा नारी दिवसको कार्यक्रम गरेर मात्रै हुँदैन : रेखा थापा

उज्यालो प्रतिनिधि २५ फाल्गुन २०७६, आईतवार उज्यालो फोकस

काठमाडौं । चर्चित नायिका रेखा थापाले विश्वव्यापी रुपमा पुरुषहरुको दबदबा रहेको बताएकी छिन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भनिन्,‘ठूला–ठूला समारोह, वा पाँचतारे होटलमा नारी दिवसको कार्यक्रम गरेर मात्रै हुँदैन, अझैपनि नारीहरु उत्पीडन, दुःख र अन्यायमा छन् । ।’ अधिकार र अवसर कानूनमा पाएपनि अझैपनि व्यवहारमा त्यो लागु नभएको उनको गुनासो छ । महिला नेतृहरु कोटा प्रवृत्तिबाट अघि बढ्न नहुने पनि उनले आफ्नो तर्क गरिन् ।

राप्रपा (संयुक्त) की सह–महामन्त्री समेत रहेकी उनले संसदमा भएका महिला नेतृहरुले महिलासम्बन्धी नीति तथा कार्यक्रम बनाउँदा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने पनि बताईन् । महिला श्रृंगारको बस्तु हुनै नसक्ने बताउँदै उनले भनिन्, ‘महिला भनेको श्रृंगारको वस्तु होइन, हामी पनि वस्तु बन्न लालायित नहोऔं । अहिलेपनि हाम्रो समाजमा महिला बनाउने तालिम दिइन्छ । म भन्छु अब महिला बन्नको लागि होइन, आत्मनिर्भर बन्नुपर्छ । हामी सह–अस्तित्वमा बाँच्ने कोशिस गरौं ।’ उनले अहिलेपनि विश्वव्यापी रुपमा पुरुषहरुको दबदबा रहेको जिकिर गरिन् ।

उनले महिलालाई नेतृत्वमा ल्याउने कुरामा महिलाहरुको नै मुख्य हात रहेको बताइन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार