कोरोना भाइरसको प्रभाव : ‘म यस्तो गीत गाउँछु २’को पत्रकार भेटघाट कार्यक्रम स्थगित

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०७६, बिहीबार उज्यालो फोकस

काठमाडौं । कोरोना भाइरसको प्रभाव विभिन्न क्षेत्रमा पर्न थालेको छ । कोरोनाबाट सतर्क रहन भन्दै पूर्व निर्धारित बिभिन्न कार्यक्रमहरु भटाभट स्थगित हुन थालेका छन् ।

यस्तैमा आज बिहीबार राखिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’को पत्रकार भेटघाट कार्यक्रम समेत रोकिएको छ । बिषेश कारण देखाएर निर्माण युनिटले फिल्मको कार्यक्रम स्थगित गरेको हो ।

यही फागुन ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मले आज फिल्मको बिभिन्न बिषयबस्तु लगायत जानकारी गराउने उदेश्य सहित दरबारमार्गको राइजिङ महलस्थित क्युज चलचित्र भवनमा कार्यक्रम राखेको थियो । तर अन्तिम समयमा आएर निर्माण युनिटले कार्यक्रम रोकिएको जानकारी दिएको छ ।

कोरोनाको त्रासका कारण केही समय फिल्म हलमा दर्शक नदेखिने देखिएपछि फिल्म प्रदर्शन गर्ने नगर्ने बिषयमा बितरक लगायत पक्षसँग छलफल गर्न कार्यक्रम रोकिएको बुझिएको छ ।

‘म यस्तो गीत गाउछु २’मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ ।

सुदर्शन थापाको निर्देशन रहेको फिल्म अभिनेत्री पूजा र निर्देशक सुदर्शनले नै मिलेर बनाएका हुन् । फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाँकन छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार