एउटा विज्ञापनमा काम गर्दा सलमान खानले लिन्छ ७ करोड

उज्यालो प्रतिनिधि २१ फाल्गुन २०७६, बुधबार उज्यालो फोकस

काठमाण्डौ । बलिउड नायक सलमान खानलाई पैसाको अभाव छैन । बलिउडमा धेरै सम्पती भएका नायकमा पर्छन्, सलमान । उनको पारिश्रमिक पनि उत्तिकै महंगो छ ।

हिजो आज सलमान प्रतिशतमा रहेर चलचित्रमा काम गर्ने गर्छन् । चलचित्रको नाफाको प्रतिशत लिने सर्तमा उनले चलचित्रमा अभिनय गर्ने गर्छन् । तर, विज्ञापनहरुमा भने उनको चर्को पारिश्रमिक देखिन्छ ।

हालै सलमानले नयाँ रिलिज हुन लागेको मेवाइलको विज्ञापनमा काम गरेका छन् । उक्त मोवाइलको विज्ञापनमा काम गर्दा उनले एक दिनको ७ करोड पारिश्रमिक लिएका छन् । जति दिन छायांकन हुन्छ त्यहीँ हिसाबमा उनले आफ्नो पारिश्रमिक बुझ्नेछन् । यस विज्ञापन खिच्न झण्डै ५ दिन लाग्ने बुझिएको छ ।

सलमानका धेरै फ्यान फलोअर्स छन् । त्यसैले उनलाई मोवाइल कम्पनीले महंगो पारिश्रमिक तिरेर विज्ञापनमा अभिनय गराएको हो । सलमानलाई राखे मोवाइलले राम्रो बजार लिने विश्वास सहित मोवाइल कम्पनीले उनलाई एम्बेस्टर बनाएको हो ।

सलमान खान स्टारर चलचित्र ‘राधे’ रिलिजको तयारीमा छ । यस चलचित्रपश्चात् सलमानले ‘कभी इद कभी दिवाली’मा काम गर्नेछन् ।

अनलाइनखबरबाट

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार