अभिनेता अनमोल केसीविरुद्ध ठगीको उजुरी

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७६, शनिबार उज्यालो फोकस

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा अभिनेता अनमोल केसीविरुद्ध ठगीको उजुरी परेको छ ।

‘धुपौरे’ फिल्म खेल्ने सहमति गरि रु पाँच लाख रुपैयाँ एडभान्स लिएका अभिनेता अनमोल केसीले फिल्म नखेलेर ठगी गरेको भन्दै उजुरी परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार निर्माताद्वय रुपेश खड्की र जयन श्रेष्ठले अभिनेता केसीविरुद्ध जाहेरी दिएका हुन् ।

निर्माताद्वय श्रेष्ठ र केसीले गत असोज तीन गते अभिनेता केसीसँग ‘धुपौरे’ फिल्मका लागि रु ४० लाखमा सम्झौता गरेका थिए ।

सोही सम्झौता अनुसार अभिनेता केसीले एभान्स स्वरुप पाँच लाख रुपैया लिएपनि फिल्म नखेलेर ठगी गरेको उजुरीमा उल्लेख गरिएको छ ।

त्यस्तै अभिनेता केसीले तीन महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै आफूहरुको थप २ लाख ५० हजारसमेत सकाएको पनि उल्लेख गरिएको छ ।

उजुरीमा क्षति बिगो तथा कानून बमोजिम क्षतिपूर्ति दिलाइदिन माग गरिएको छ ।

अनमोल केसी सुपरस्टार भूवन केसीका छोरा हुन् । अनमोल केसी पछिल्लो समय युवापुस्ताले रुचाएका अभिनेता हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार