अध्यक्ष तिमिल्सिना र क्यानडाको सिनेटका सभामुखबीच भेट

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहनुभएका क्यानडाको उपल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डल बीच शिष्टचार भेटवार्ता भएको छ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार सिंहरबारमा उहाँसँग भेटवार्ता गरेको हो ।

भेटका क्रममा नेपाल र क्‍यानडाबीच कूटनीतिक सम्बन्ध, मित्रता, समझदारी, संसदीय सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो।सो अवसरमा अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पुर्‍याउने बताउनुभयो।

‘दुई देशबीच संसदीय सम्बन्धमा यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो,’ उहाँले भन्नुभयो, ‘म आशा गर्दछु भविष्यमा दुवैतर्फबाट यस किसिमका भ्रमणहरुको निरन्तरता हुनेछ।’

उहाँले दुवै देशका संसदमा संसदीय मैत्री समूह गठन भएकोमा खुसी व्यक्त गर्नुभयो।’संसद मैत्री समूहले दुई देशका संसदबीचको सम्बन्धलाई प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्,’ उहाँले भन्नुभयो।

अध्यक्ष तिमिल्सिनाले नेपाल राजनीतिक स्थिरताको अन्त्य गरी आर्थिक विकास र समृद्धि हासिल केन्द्रित रहेको बताउनुभयो । ‘हामीले सन् 2030 सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्‍नति हुने लक्ष्य लिएका छौँ,’ उहाले भन्नुभयो, ‘सरकारको प्राथमिकता कृषिको अधुनिकीकरण, जलविद्युत, पूर्वाधार विकासलाई तीव्रता दिने, पर्यटनको सम्भावनालाई मूर्तरुप दिने र यी सबैको लागि मानव संसाधन विकास गर्ने रहेको छ।’

सो क्रममा उहाँले नेपालका यी प्रथामिकता र उद्देश्यमा क्यानडालगायत अन्तर्राष्‍ट्रिय समुदायको साथ र सहयोगको हामीले अपेक्षा गरेको बताउनुभयो।

भेटका क्रममा क्यानडाको उपल्लो सदन (सिनेट) सभामुख जर्ज जे फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताउनुभयो।

उहाँले नेपाल एकात्मक राज्य प्रणालीबाट संघीय राज्य भएको बताउँदै यसका चुनौती बारे क्यानडा जानकार रहेको बताउनुभो। क्यानडा पनि संघीय मुलुक भएको बताउँदै सभामुख फ्युरीले नेपालको विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

‘नेपालले पर्यटनलाई उच्च प्रथामिकता दिएको छ,’ उहाँले भन्नुभयो, ‘पर्यटनसँगै जलविद्युत, वायुउर्जा र सौर्य उर्जा विकासमा हाम्रो तर्फबाट सहयोग हुन्छ।’

सभामुख फ्युरी नेतृत्वको टोलीले सोमबार राष्ट्रिय सभा बैठकको अवलोकन तथा नेपाल-क्यानडा संसदीय मैत्री समूहबीच अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञावली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेटघाट गरी स्वदेश फर्कनेछ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार