कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

उज्यालो प्रतिनिधि २१ असार २०८३, आईतवार खेल
कर्णाली, कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।
ग्रिनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा हुने प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष तथा पूर्वराष्ट्रिय खेलाडी गणेश थापा, उपेन्द्रमान सिंह, अनिल गुरुङ, बालगोपाल महर्जन, सागर थापा, हरि खड्कालागयत सहभागी हुने एकेडेमीका अध्यक्ष शशी केसीले आज यहाँ पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
कर्णाली प्रदेशमा पहिलोपटक पूर्वराष्ट्रिय खेलाडीको सहभागितामा यस्तो प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगितामा कर्णाली प्रदेशबाट राष्ट्रिय खेलाडी रोहित चन्द, प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रवीन्द्र चन्द, नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी, ललित बसेललगायत खेलाडी  पनि सहभागी हुनेछन् ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार