पत्रकार भण्डारी पक्राउ

उज्यालो प्रतिनिधि १८ असार २०८३, बिहीबार मुख्य नेटवर्क

महेन्द्रनगर : कञ्चनपुर प्रहरीले फैसला कार्यान्वयनका क्रममा आज महेन्द्रनगरबाट पत्रकार खेम भण्डारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले अदालतको पैmसला कार्यान्वयनका क्रममा पत्रकार भण्डारीलाई पक्राउ गरी कञ्चनपुर जिल्ला अदालत पेस गरिएको जानकारी दिए । “गाली बेइज्जतीको मुद्दामा भण्डारीलाई एक महिना सात दिन कैद, रु १२ हजार १०० जरिवाना र पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउन आदेश भएको थियो”, प्रवक्ता रावतले भने, “अहिले स्वास्थ्य जाँच गरेर अदालतमा पेस गरिसकेका छौँ ।”

प्रहरीले भण्डारीलाई भीमदत्त नगरपालिका–१८ कटानबाट पक्राउ गरेको हो । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दा उहाँ विरुद्ध परेको थियो । कञ्चनपुर जिल्ला अदालतले गतवर्ष जेठ महिनामा भण्डारीलाई दोषी ठहर गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार