हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला)। यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न लिनका लागि नागरिकको चाप बढेको छ । हिमाली जिल्ला हुम्लास्थित व्यापार कम्पनीले दुई हजार क्विन्टल खाद्यान्न सहुलियत मूल्यमा बिक्री–वितरण सुरु गरेपछि कार्यालयमा नागरिकको भीडभाड बढेको हो ।

कम्पनीका नायब सुब्बा कैलाश ऐडीले भन्नुभयो, “नागरिक घरमा चामल नभएर होइन, सहुलियतको चालम लिनका लागि भीड बढेको हो ।” कार्यालयले स्टिम जिरा मसिनो चामल प्रतिक्विन्टल रु एक हजार ८५०, अरुवा सोना मन्सुली चामल रु एक हजार २५० तथा अरुवा मोटा चामल रु एक हजार १५० मा बिक्री गरेको छ ।

सहुलियत खाद्यान्न वितरणबाट दुई दिनमा रु ६० लाख बराबरको कारोबार भएको कम्पनीले जनाएको छ । सो अवधिमा कार्यालय ५८८ क्विन्टल चामल बिक्री वितरण गरेको छ । सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध भएपछि जिल्लाका उपभोक्ताले राहत महसुस गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार