बहुमत निकट युवा संगठनले भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध संघर्ष गर्ने

उज्यालो प्रतिनिधि २२ बैशाख २०८२, सोमबार मुख्य नेटवर्क

काठमाडौं । नेकपा (बहुमत) निकट युवा संगठन नेपालले भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध संघर्ष गर्ने उद्घोष गरेको छ । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रष्टहरुविरुद्ध कारबाहीलाई तिब्रता दिनेसमेत जनाएको छ ।

अध्यक्ष हरिश भट्टले यही वैशाख १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलन गरेका निर्णयहरु सार्बजनिक गर्दै तीन ठूला पार्टीहरुको मिलिभगतमा देशमा लुटतन्त्र चलेको आरोप लगाएका छन् । देश र जनताको विकास र समृद्धि भन्दा पनि आफू र आफ्ना आसेपासेको लागि राज्यको ढुकुटी दोहन गरिहरेको आरोप लगाउँदै भट्टले भने,“चप्पल पट्काउँदै आएकाहरुले देशलाई टाट पल्टाउन लागिसके अब चुप बस्दैनौं ।”

भट्टले भ्रष्टाचार नियन्तरणका लागि देशका सबै राजनीतिक तथा प्रशासनिक व्यक्तिहरुको सम्पत्ति छानविन गरि करबाही गर्नुपर्ने र त्यसका लागि आफूहरुले निकट भविश्यमा आन्दोलन गर्ने बताए । सहकारी, लघुवित्त, मिटरब्याजीलगायतका वित्तिय पीडितहरुको सडकमा आन्दोलन चलिरहँदा ओली सरकारले आफ्नो नेताकार्यकर्ता जोगाउन उनिहरुका आवाज नसुनेको पनि आरोप लगाएका छन् । देशको अर्थिक अवस्था जरजरता पुगिसक्दा पनि आफूहरुको हितका निम्ति सरकारी ढुकुटीको दोहनमा कुनै कन्जुस्याँई नगरेको भन्दै भट्टले आक्रोष व्यक्त गरे । आफूहरुले देशमा भ्रष्टाचार, बेथिति र कुशासनकाविरुद्ध वडादेखि संघसम्म आन्दोलन गर्ने तयारी गरिरहेको जानकारी भट्टले दिए ।
हालै सम्मपन्न प्रथम राष्ट्रिय सम्मेलनले अध्यक्षमा हरिश भट्ट, उपाध्यक्षमा प्रमोद सिंह, महासचिवमा भुवन रम्तेल, सचिवहरुमा दिपेन्द्र ऐर, सुदीप सुर्खेती, प्रकाश शर्मा र लोकेन्द्र राई तथा कोषाध्यक्षमा ज्योतिष रोय निर्वाचित भएको पनि पत्रकार सम्मेलनमा जनाईको थियो ।

पत्रकार सम्मेलनमा संगठनको नाम क्रान्तिकारी युवा संगठनबाट नाम परिवर्तन गरी कम्युनिष्ट युवा संगठन नेपाल बनाईको, भ्रष्टाचार र कुशासनका विरुद्ध संघर्ष गर्नेलगायतका २१ बुँदे निर्णयहरु सार्वजनिक गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार