सान्नि त्रिवेणीमा माओवादी केन्द्रको जनसंवाद: दोस्रो दिनको बैठक सफलतापूर्वक सम्पन्न

उज्यालो प्रतिनिधि २८ फाल्गुन २०८१, बुधबार मुख्य नेटवर्क

कालिकोट । नेकपा (माओवादी केन्द्र) सान्नि त्रिवेणी गाउँपालिका वडा नं २ मा “जनता संग माओवादी अभियान” को दोस्रो दिनको बैठक सफलतापूर्वक सम्पन्न भएको छ ।

बैठकमा स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको दृष्टिकोण, नीति तथा आगामी योजनाहरू प्रस्तुत गरियो। उपस्थित स्थानीय नेता तथा कार्यकर्ताहरूले आफ्ना समस्याहरू राख्ने मौका पाए, जसमा विकास, पूर्वाधार र जनकल्याणकारी कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै समाधानका उपायहरूमा छलफल गरियो।

कार्यक्रममा पार्टीका स्थानीय नेताहरूले जनतासँगको सम्बन्ध अझ बलियो बनाउन र जनताको चाहनाअनुरूप पार्टीको भूमिकालाई प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरे। बैठकले जनअपेक्षा, स्थानीय आवश्यकताहरू र पार्टीको भूमिकाबारे महत्वपूर्ण विमर्श गर्दै अभियानलाई अझ सशक्त बनाउने निर्णय गरेको छ।

सहभागी स्थानीय पार्टी कार्यकर्ताहरूले यस्तो अभियानले पार्टी र जनताबीचको दूरी घटाउने र समस्याहरूको समाधानमा ठोस कदम चालिने अपेक्षा व्यक्त गरेका सान्नीत्रिवेणि गाउँपालिका इन्चार्ज मिठ्ठुदेवी बमले जानकारी दिनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार