हिंसा र महिला उत्पीडनविरुद्ध कडा कानून बनाउन कसले रोक्योः महिला नेतृहरु

उज्यालो प्रतिनिधि २४ फाल्गुन २०८१, शनिबार मुख्य नेटवर्क

काठमाडौं । दुईतिहाईको बहुमत भएको वर्तमान सरकारलाई महिला अधिकार र समानताका लागि कानून बनाउन विभिन्न महिला संगठनहरुले माग गरेका छन् । शनिबार काठमाडौंमा विभिन्न ५ राजनीतिक दल निकट महिला संगठनहरुले ११५आँै अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अध्यादेशमार्फत निरङ्कुशता नलाद्नसमेत चेतावनी दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष अमृता थापा मगरले केपी ओली नेतृत्वको वर्तमान सरकारले अध्यादेशमार्फत शासन चलाउने र महिला,दलित तथा उत्पीडत जनताहरुको अधिकार खोस्ने षड्यन्त्र गरिरहेको आरोप लगाएकी छन् । नेपाली चेलीहरु देशविदेशमा प्रताडन खेपिरहँदा सरकार गैरजिम्मेवार बनिरहेको आरोप लगाउँदै थापाले भनिन्,“देशमा महिलाहरु दिनदहाडै बलात्कृत भइरहेका छन्, निर्मला पन्तका हत्यारा पत्ता लगाउँदैनन्, उडिसामा पढ्न गएकी नेपाली चेली हिंसाबाट प्रताडित भईन्, तर सरकार ‘कानमा तेल हाल्ने’ काम मात्रै गर्दैन, उल्टै दुईतिहाईको उन्मादमा महिला तथा उत्पीडित वर्गका अधिकार खोस्न उद्दत् छ ।” संविधानले महिलाको अधिकार र समानताको प्रत्याभूति गरिसकेको स्मरण गराउँदै थापाले भनिन्,“ दुईतिहाईको शक्तिलाई निरङ्कुशता लाद्ने अस्त्रकारुपमा प्रयोग गर्नेभन्दा बरु सरकार संविधान अनुसार कानून बनाउनतिर ध्यान दे, अन्यथा बन्दुक बोकेर आएका हामी महिला तिमीविरुद्ध निर्णायक लडाईँमा उत्रन नपरोस् ।”

विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले लामो संघर्षमर्फात संविधानमा महिला हक–अधिकारलाई लिपिबद्ध गराउन सफाल भएपनि ब्यवहारमा लागु नहुनु गम्भिर विषय भएको बताईन् । आफूहरुले जनयुद्धमा बगाएको रगत र बलिदानमार्फत धेरै महिलाहरुलाई सदन तथा सरकारमा पुर्याए पनि उनिहरुले महिलाहरुको लागि खासै काम गर्न नसकेको गुनासो गर्दै भनिन्,“हामीहरुले तपाईहरुलाई संसदमा अनि सरकारमा त पुर्यायौं तर तपाईहरुले महिलाहरुको लागि काम गर्नसक्नु भएको छैन, त्यतातिर ध्यान दिनुहोला ।”

सरकार जनताको पक्षमा भन्दा आयु लम्बाउने तिर बढी केन्द्रीत भएको आरोप लगाउँदै चन्दले भनिन्,“इशरा खड्का र सरस्वती खड्काहरुलाई कथित प्रेमीका नाममा ढुङगा हानी हत्या भइरहेका छन्, भारतको उडिसास्थित विश्वविद्यालयमा प्रकृति लम्साललाई हत्या गन्छि, रिङ्कु सदाह बलात्कृत भएर मुख खोल्न नसकेर अफै जीवन लिला समप्त गर्ने जस्ताः कयौं घटनाहरुले देशमा अझै पनि महिला स्वतन्त्रभएर हिंड्ने अवस्था छैन, त्यसैले सरकार अध्यादेशमार्फत सत्ता लम्बाउने भन्दा अधिकारको विषयमा पनि सोच्ने हो की ।”

नेकपा(यस) निकट अखिल नेपाल महिला संघ(समाजवादी)की अध्यक्ष जयन्ती राईले योगमाया न्यौपानेदेखि अहिलेसम्म महिला अधिकारका लागि बलिदान गरिरहेका महिलाहरुप्रति अझै पनि पितृसत्तात्मक सोच नबदलिनु दुर्भाग्य भएको बताईन् । राईले आफ्नो पूर्ण अधिकार प्राप्त नभएसम्म आफ्ना आवाजहरुलाई बुलन्द बनाईराख्नु पर्ने बताउँदै भनिन्,“यति धेरै बलिदान गर्दा पनि हामीलाई चुलो र चौकोमा सिमित राख्ने प्रयास भइरहेका छन्, मुखले महिला अधिकार भन्ने तर ब्यवहारमा ममिला अधिकार खोस्नेहरु सरकारमा छन्, उनिहरुका गलत हर्कतकाविरुद्ध हामी सधैं खर्बदारी गर्छौं ।”

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ अध्यक्ष मिना पुनले राज्यका सम्पूर्ण क्षेत्रमा समानुपनीतक महिला सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखेकी थिइन् ।

नेपाल समाजवादी महिला संघकी सल्लाहकार कल्पना सुवेदीले देशमा विभिन्न संघर्ष र बलिदानीपछी पनि महिलाले पूर्ण अधिकार नपाएकोले निरन्तर संघर्ष जारी राख्नु पर्ने बताईन् ।


११५आँै अन्तराष्ट्रिय श्रमिक महिला दिवस(८मार्च) सफल पारौं ।

महिलामाथि सबै खालका विभेदको अन्त्य गरौं । भन्ने मुल नाराका साथ माईतिघरमण्डलाबाट हजारौंको संख्यामा र्याली र नाराबाजी गर्दै नयाँबानेश्वरस्थित संसद भवन पुगेर कोणसभा गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार