माओवादी पार्टी नै जनताको असली पार्टी हो : महेन्द्र बहादुर शाही

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०८१, शुक्रबार मुख्य नेटवर्क

सान्नीत्रिवेणि– नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका सह-इन्चार्ज एवं कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सान्नीत्रिवेणि गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरूसँग अन्तरक्रिया गर्दै माओवादी पार्टी नै जनताको असली पार्टी भएको बताएका छन्।

उनले शिक्षक तथा कर्मचारीहरूलाई सुशासनको पक्षमा उभिन आह्वान गर्दै भने, “अब शिक्षक कर्मचारीले माओवादी पार्टीलाई साथ दिनुपर्छ, सुशासन कायम गर्नुपर्छ, भ्रष्टाचार अन्त्य गरेर विकास निर्माणलाई प्राथमिकता दिनुपर्छ।”

शाहीले कांग्रेस र एमालेले सरकार चलाउनुभन्दा भ्रष्टाचार, भागबण्डा र बाडिचुडी खाने प्रवृत्तिलाई प्रश्रय दिएको आरोप लगाए।

उनले शिक्षक कर्मचारीहरूलाई माओवादीसँग हातेमालो गर्न आग्रह गर्दै भने, “जनताको पक्षमा नीतिगत सुधार गर्न माओवादी पार्टी नै सक्षम छ।”

उनका अनुसार निजामती तथा शिक्षक ऐन पारित गराउने मुख्य पहल माओवादीले नै लिएको हो। उनले भने, “यसको ड्राफ्ट हाम्रै पार्टीले तयार पारेको हो, यो ऐन पास भएमा शिक्षक कर्मचारीहरूको अधिकार सुरक्षित गर्नेछौं।”

कार्यक्रमलाई सम्बोधन गर्दै डम्बर बहादुर शाहीले “इतिहासदेखि अहिलेसम्म भएका परिवर्तनहरूमा शिक्षक तथा कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । छ।

त्यस्तै गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले शिक्षक तथा कर्मचारीका समस्या समाधानका लागि आवश्यक कदम चाल्ने जानकार दिए ।

सान्नीत्रिवेणि गाउँपालिकामा आयोजित शिक्षक तथा कर्मचारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा संगठनको सशक्तीकरण, सुशासन, तथा भ्रष्टाचार उन्मूलनको विषयमा विस्तृत छलफल भएको थियो । कार्यक्रममा विभिन्न शिक्षक तथा कर्मचारीहरूले आफ्ना धारणा राख्दै संगठन सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार