यश कुमारको सन्देशमूलक गीत ‘हिरो’ सार्वजनिक

उज्यालो प्रतिनिधि ३ श्रावण २०८१, बिहीबार कला मनाेरञ्जन

काठमाण्डौं । गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ सार्वजनिक गरेका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा यश कुमारको शब्द, संगीत र स्वर छ।

भिडिओमा मोडल गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय छ। गायक यश कुमार पनि भिडिओमा अतिथि भूमिकामा देखिएका छन्। गीतको भिडिओलाई निकेश खड्काले निर्देशन गरेका हुन्।

‘हिरो’ गीतको भिडिओमार्फत गायक यश कुमारले आत्महत्या दुरूत्साहनको मुद्धा उठान गरेका छन्। त्रिकोणात्मक प्रेममा आधारित भिडिओमा प्रेममा निराश भएर मृत्युको बाटो रोज्न खोज्ने युवापुस्तालाई सन्देश दिन खोजिएको छ।

कुनै पनि कुरामा निराश हुँदा आत्महत्याको बाटो रोज्न नहुने र जीवन अमूल्य भएकाले आफैलाई माया गर्नुपर्ने सन्देश गीतमार्फत दिइएको छ। पछिल्लो समय सानो–सानो कुरालाई लिएर आत्महत्याका मुद्धाहरू बढेकाले पनि आफूलाई यो मुद्धा उठाउनु पर्छ भन्ने लागेकाले हिरो गीत निर्माण गरेको यशकुमारले बताए।

यो गीतमा हरि हुँमागाईको छायांकन, विकास धमलाको सम्पादन छ।

भिडिओः

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार