काठमाडौं । नेपाली बजारमा प्रतितोला सुनको मूल्य १ लाख २६ हजार पुगेको छ। नेपाल सुन( चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ कायम भएको हो।
तेजाबी सुन १ लाख २५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। यसैगरी प्रतितोला चाँदीको मूल्य १ हजार ४७५ रुपैयाँ पुगेको छ।चाँदीको मूल्य भने अघिल्लो हप्ताको मूल्यमा ५ रुपैयाँ बढ्दै आज प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।