कर्णाली प्रदेश सरकार कांग्रेसका तीन मन्त्रीले दिए राजीनामा

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०८०, मंगलवार कर्णाली प्रदेश
कर्णाली  ।   कर्णाली प्रदेश सरकारका कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले आज मुख्यमन्त्री राजकुमार शर्मासमक्ष संयुक्तरुपमा राजीनामा बुझाएका हुन्  ।
राजनीमा बुझाउनुअघि उनीहरुले पत्रकार सम्मेलन गरेका थिए । सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री सिंहले मुलुको बदलिँदो राजनीति परिवेश र प्रदेश सरकार पुनःगठनमा सहज पुगोस् भन्ने उद्देश्यले राजीनामा दिइएको बताए । “काम गर्ने चाहना थियो तर नयाँ परिस्थितिका कारण बाहिरिनु परेको छ”, उनले भने ।
सो अवसरमा उनीहरुले आफ्नो कार्यकालको उपलब्धि पनि सार्वजनिक गरे। उनीहरुले प्रदेश सरकारमा मन्त्रीका रुपमा १० महिना १५ दिन काम गरे।
Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार