नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजका लागि कारोबार स्थगित

उज्यालो प्रतिनिधि २१ फाल्गुन २०८०, सोमबार अर्थ
काठमाडौँ   ।   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजको शेयर कारोबार स्थगित भएको छ । आज बजार खुले लगत्तै परिसूचक  चार प्रतिशतले वृद्धि भएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार चार प्रतिशतले बजार बढेपछि पहिलो पटकका लागि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।त्यसपछि पुनःकारोबार सुरु भएपछि नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धि भएपछि आजको कारोबार स्थगित भएको नेप्सेका प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए ।
आजको कारोबारमा नेप्से परिसूचक एक सय १७ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार ७८ मा पुगेको छ । विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।आज विभिन्न दुई सय ३७ कम्पनीका  नौ लाख ३४ हजार नौ सय १९ कित्ता शेयर रु ३७ करोड ५२ लाख नौ हजार नौ सय ७८ मूल्यमा कारोबार भएका छन् । कारोबार भएकामध्ये दुई सय ३० कम्पनीको शेयर मूल्य उकालो लाग्दा दुई कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार