शहबाज दोस्रो पटक पाकिस्तानको प्रधानमन्त्री बन्ने दौडमा

उज्यालो प्रतिनिधि २० फाल्गुन २०८०, आईतवार विश्व

इस्लामावाद । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)का अध्यक्ष तथा नवगठित आठ दलीय गठबन्धनका नेता शहबाज सरिफ दोस्रो पटक प्रधानमन्त्री बन्ने तयारीमा रहेको पाकिस्तानबाट प्रकाशन हुने अङ्ग्रेजी पत्रिका डनले आइतबार जनाएको छ ।

उनले राष्ट्रिय सभाको हालै सम्पन्न निर्बाचनमा आइतबार हुने प्रतिस्पर्धामा पाकिस्तान तेहरीक–ए–इन्साफ(पीटीआई) बाट मनोनीत ओमार अयुब खानको सामना गर्नुहुनेछ ।
पाकिस्तानका राष्ट्रिय सभामुख अयाज सादिकले दुवै पक्षका नेताहरूको उपस्थितिमा गरिएको जाँचपछि वैध घोषित गरेको राष्ट्रिय सभा सचिवालयमा दुवै नेताले आफ्नो मनोनयनपत्र बुझाएका छन् ।

राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली) सचिवालयका अनुसार शहबाज सरिफले आठ र उमर अयुब खानले चार वटा मनोनयनपत्र पेश गरेका छन् जसमा विभिन्न प्रस्तावक र समर्थकको हस्ताक्षर रहेको छ ।

खानले शरीफको मनोनयन प्रक्रिया नै गलत भएको बताउनुभएको छ । उहाँले सरिफलाई फारम–४७ मा हेरफेर गरेर उहाँलाई संसद् सीट ‘उपहार’ दिएको दावी गर्नुभएको छ ।

उनले भने, “फारम–४५ अनुसार निर्वाचन क्षेत्रका पराजीत भएकोले पीएमएल–एन का अध्यक्षले पाकिस्तानको प्रधानमन्त्रीको चुनाव लड्न सक्नुहुन्न ।”

“सरिफलाई गलत तरिकाले पाकिस्तानको राष्ट्रिय सभाको सदस्यको रूपमा शपथ गराइएको छ र उनले प्रधानमन्त्री पदका लागि उम्मेदवार हुन सक्नुहुन्न ।” यद्यपि, उमर अयूब खानले उठाएको आपत्तिलाई अस्वीकार गरिएको छ ।

शुक्रबार झण्डै ‘एकतर्फी’ भएको प्रतिस्पर्धामा सभामुख र उपसभामुखको पद जितेपछि नवगठित गठबन्धनले पाकिस्तानको प्रधानमन्त्री पद सम्हाल्नेमा विश्वस्त देखिएको छ ।

यसैबीच, स्वतन्त्र रूपमा निर्वाचित भएका र पछि सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) मा सामेल भएका पीटीआईका सांसदहरूले फेब्रुअरी ८ मा भएको चुनावमा धाँधली भएको भन्दै सदनमा आफ्नो विरोध जारी राख्ने अपेक्षा गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार