हरिपुर्वा नपामा हाकिम सरुवा प्रकरण : मेयर साहको चरम चलखेल

उज्यालो प्रतिनिधि २० फाल्गुन २०८०, आईतवार उज्यालो फोकस

 

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा नाटकिय ढंगले भइरहेको हाकिम सरुवा प्रकरणमा मेयर विनोद कुमार साहले चरम चलखेल गर्दै आएको कुरा खुलासा भएको छ । प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवको सरुवामा मेयर साह आफ्नो पदको चरम दुरुपयोग गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गराउँदै आएका छन् ।

नगर प्रमुख साहले २०८० साल पुस २६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिदिनका लागि मिति २०८० पुस २५ गते बसेको नगर कार्यपालिका बैठकको निर्णय अनुसार त्यहाँ कार्यरत रहेका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले असहयोग गरेको र निर्देशन पालना नगरेकोले निजको अविलम्ब अन्यत्र सरुवा गरिदिनका लागि पठाएको पत्रबाट प्रष्ट भएको छ ।

सोही पत्र अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ ३ गते यादवलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम मन्त्रालयको अतिरिक्त समुहमा दरबन्दी कायम रहने गरि सिरहा नगरपालिका, सिरहामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको थियो ।

उक्त पालिकामा विगत लामो समयदेखि मेयर साहले प्रमुख प्रशासकीय अधिकृतको सरूवामा चलखेल गरेकै कारण सामाजिक सुरक्षा भत्ता वितरण, शिक्षक तथा कर्मचारीहरूको तलब, भत्ता भुक्तानी लगायतका कार्यहरुको साथै नगर विकासको कामहरु ठप्प रहेको छ ।

मेयर साह आफुले गरेका भ्रष्टाचारका फेरिहस्त सुरक्षित अवतरण गर्नका लागि आफ्नो अनुसार चल्ने व्यक्तिनै प्रमुख प्रशासकीय अधिकृत चाहिन्छ भनेर विभिन्न निकायमा दबाब दिइरहनुमा शंका गर्न सकिन्छ । पालिका ठप्प पारेर मेयर साहले आफ्नो स्वार्थ पुर्ति गर्न र पालिकामा गरेका भ्रष्टाचारका कागजपत्र मिलाउन आफु अनुकुलको प्रमुख प्रशासकीय अधिकृतलाई पटकपटक सरुवा गराउन अग्रसरता देखाइरहेको कर्मचारीवृत्तमा चर्चा छ ।

फागुन ७ गते मेयर साहले गुपचुप तरिकाले ११औं नगरसभा गर्न खोजेपछि हरिपुर्वामा झडप समेत भएको थियो । नगरपालिकाले आ।व। २०८०र०८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न नपाउदै नगरसभा झडपमा परिणत भएर स्थगित भएको थियो । नगरसभा कानुन अबैध भएको र मेयर साहले नगरसभामा ल्याएको माइन्युट पुर्व पश्चिम् राजमार्ग स्थित लालबन्दीमा तयार गरि फर्जी हस्ताक्षर सहितको माइन्युट भएकोले स्थानीय जनप्रतिनिधि र जनताहरुले नगरसभा बिथोलेका थिए ।

मेयर साह असक्षम र विकास विरोधी
हरिपुर्वा नपाका मेयर विनोद कुमार साह असक्षम र विकास विरोधी रहेको सर्वदलीय संघर्ष समितिका संयोजक बिकाउ यादवले बताए । संयोजक यादवले मेयर साहको निरंकुशता, विवेकहीनता तथा विकास विरोधी गतिविधिका कारण पालिका ठप्प भएको जिकिर गरे । मेयर साहले श्री केशव गरिब जनता माध्यमिक विद्यालयको करिब १३ बिघा जग्गाको आम्दानी आफै लिने गरेको, बाँके(संग्रामपुर सडक खण्डमा मापदण्ड भित्रमा मेयरको घर परेतापनि घर नभत्काई सडकको विकास निर्माणको कार्यमा अवरोध खडा गरेकाले त्यस विषयमा अदालतमा मुद्दा समेत परिसकेको संयोजक यादवको भनाइ छ ।

मेयर साहले आर्थिक चलखेल सहित नीजि लाभको उद्देश्यले पालिका भवन र प्रहरी चौकी भवनको लागि पालिकाको आफ्नो स्वामित्वमा रहेको जग्गामा भवनहरु नबनाइ अरुको स्वामित्वमा रहेको जग्गामा भवनहरु बनाउने निर्णय गरेको, हरिपुर्वा बजारको सार्वजनिक जग्गा मेयर साहले भोगचलन गरि बजारको जग्गा अतिक्रमण गरेको, नगरपालिकाको प्रशासनिक तथा आर्थिक काम कारबाहीमा कर्मचारीलाई अनुचित दबाब दिने गरेको र स्थानीय सञ्चालन ऎन तथा निर्देशिका विपरीत हैकमवादी शैलीमा काम गर्ने गरेकै कारण पालिकाको हालत यस्तो हुनपुगेको सर्वदलीय संघर्ष समितिका संयोजक यादवले ठोकुवा गरे ।

जताततै भ्रष्ट्राचार
हरिपुर्वा नपाका मेयर विनोद कुमार साह असक्षम र बिकास विरोधी मेयर मात्र नभएर जिल्लाकै नामुद भ्रष्टाचारी मेयर समेत रहेका छन् । मेयर साहले आ.व.२०७९र०८० को खर्च विवरण कानुन बमोजिम सार्वजनिक लेखा परिक्षण गर्नुपर्नेमा नगरेको, नगरपालिका भित्र नगरबासीले प्राप्त गर्नुपर्ने स्वास्थ्य सेवामा औषधि खरिद गर्दा गुण्स्तरहिन, म्याद गुज्रिएको तथा बढी मुल्यमा औषधि खरिद गरि अनियमितता गरेको, नगरपालिकाको कामकाज ठप्प भएपनि सवारी मर्मतमा व्यापक अनियमितता गरेको, निजको आफन्तको नाममा रहेको भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरि फर्जी नेपाली नम्बर प्लेटको नाममा भाडा रकम निकासा गरि अनियमितता गरेको, निजले पाएको अधिकारलाई दुरुपयोग गरि इन्धनको कुपन आफैं काटेर सवारी लगबुक, किलोमिटर तथा इन्धन कोटालाई समेत वेवास्था गरि आर्थिक लाभ लिने गरेको आरोप छ ।

यस्तै, नियम विपरीत लालबन्दीमा प्रमुख प्रशासकीय अधिकृतको लागी फर्जि आवासको नाममा फर्निचर तथा जिन्सी सामानको फर्जी बिल बनाई स्वयम्ले भुक्तानी लिई अनियमितता गरेको, वडा नं। ६ मा आफन्तको नाममा उपभोक्ता समिति बनाई सशर्त अनुदान रकमको योजनाको काममा मापदण्ड विपरीत र गुणस्तरहिन काम गरि सोको भुक्तानी गरि भ्रष्टाचार गरेको, वडा नं। ९ मा विभिन्न सडक ढलानको कार्य मापदण्ड विपरीत गुणस्तरहीन कार्य गरि भुक्तानी गरेको आरोप छ ।

मेयर साह नगरपालिकामा महिनौं अनुपस्थित रहि व्यक्तिगत कामको लागि सधै काठमाडौ बस्ने गरेको तर सेवा सुविधा र गाडी लगायत पारिश्रमिक समेत नगरपालिकाबाट भुक्तानी लिई पदको चरम दुरुपयोग गरेको, आफ्नै घर नगरपालिकालाई भाडामा दिई मासिक भाडा रकम वृद्धि गरि भुक्तानी लिने गरेको र आ। व। २०७९र०८० मा नगरपालिका भवनको बजेट विनियोजन हुँदापनि भवन निर्माण नगरि भाडा रकम बुझ्दै आएको आरोप छ ।

मेयर विरुद्ध सर्वदलीय संघर्ष समिति

यसैविच हरिपुर्वा नगरपालिकाका मेयर विनोद कुमार साहको हैकमवादी, विकास विरोधी गतिविधिका तथा भ्रस्टाचारको विरुद्धमा नगरपालिका स्तरमा रहेका राजनैतिक दलका प्रतिनिधिहरुले गत पुस १६ गते सर्वदलीय संघर्ष समिति गठन गरेका थिए । समितिमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र०, जसपा, नेसपा तथा जनमत पार्टी लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

पुस २० गतेको सर्वदलीय संघर्ष समितिको बैठकले मेयरलाई सम्बोधन गरि नगरपालिकामा विकास निर्माणका कार्य संचालन गर्न लिखित सुझाव दिएको थियो । त्यस पश्चात् माघ ११ र माघ २९ मा पहिलो बैठकको निर्णय कार्यान्वयनका लागि ताकेता पत्र दिएको थियो ।

मेयर साहलाई पटकपटक ताकेता गर्दा पनि बैठकको निर्णयलाई कार्यान्वयन गर्न आलटाल गरेपछि २०७९ चैत १ मा मेयर साहलाई सर्वदलीय संघर्ष समितिले ज्ञापनपत्र बुझाएको थियो । पुनः २०७९ चैत १२ मा कार्यक्रम सहित संघर्ष समितिले मेयर साहलाई ज्ञापनपत्र बुझाएको थियो ।

तर मेयर साहले कुनै वास्ता नगरेपछि २०७९ चैत १५ गते देखि सर्वदलीय संघर्ष समिति र स्थानीय जनताहरु समेतको उपस्थितिमा नगरपालिकामा तालाबन्दी गरिएको थियो । उक्त तालावन्दी करिब ३ महिना असार ९ गते सम्म यथावत थियो । तर २०८० असार ८ गते जिल्ला स्तरीय रुपले तालाबन्दी खोलि पालिका सुचारु गर्नलाई प्रदेश सभा सदस्यद्वय कौशल किशोर यादव र जंगीलाल राय तथा जिल्ला समन्वय समितिका सभापति कौशल किशोर सिंह र नगरपालिकाका मेयर विनोद कुमार साह सम्मीलित कार्यदल गठन भएको थियो ।

उक्त कार्यदलले असार १५ गते सुझाव सहित कार्यान्वयन गर्ने निर्देशनात्मक प्रतिवेदन जारी गरेतापनि कार्यदलको सो प्रतिवेदनलाई मेयर साहले असार २०(२५ गतेसम्मको कार्यपालिका वैठकमा प्रतिवेदन माथि प्रस्ताव समेत नल्याई वैठकमा कुनै निर्णय नगरेकाले असार २४ मा पुनः सर्वदलीय संघर्ष समितिले भ्रस्टाचार नियन्त्रणका लागि मेयर साहलाई ज्ञापनपत्र दिनुका साथै भदौ २६ मा पुनः नौ बुदे माग कार्यान्वयनका लागि मेयर साहलाई ज्ञापनपत्र दिएको थियो । त्यसपछि पनि कुनै काम नभएपछि सर्वदलीय संघर्ष समितिले असोज ४ गते मेयर साह माथि कानुनी कारबाहीको माग गर्दै सम्बन्धित निकाय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेका थिए।

संघर्ष समितिले गरेका काम कारबाहीको जानकारी सम्बन्धित निकाय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत स्थानीय निकाय जिल्ला प्रशासन कार्यालय तथा जिल्ला समन्वय समितिलाई पत्राचार गर्दै मेयरले गरेका भ्रष्ट्राचारको अनुसन्धान, छानविनको माग गरेका हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार