काठमाडौं । उद्योगी तथा व्यवसायी राघव बहादुर बस्नेतको ‘यस्तै रैछ जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ ।
अंग्रेजी नयाँ वर्ष २०२४ को बिहानीसँगै व्यवसायी बस्नेतको गीत सार्वजनिक भएको हो । सार्वजनिक भएको उनको यो गीत ‘गीति संग्रह’मध्येको पनि पहिलो संस्करण हो ।
व्यावसायिक व्यस्तताका बाबजुद पनि कला क्षेत्रमा आउने सानैदेखिको चाहना राखेका उनले यो गीत बजारमा ल्याएका हुन् । ‘सानैदेखिको इच्छा र लुकेको प्रतिभा नयाँ वर्ष २०२४ मा दर्शक सामु पस्केको छु’ उनले भने, ‘मेरो आमाले जिन्दगीमा जस्तो परिस्थितिमा पनि समय सँगै जुधेर आफ्नो काम गर्दै अगाडि हिड्नु पर्छ रोकिनु हुन्न भनेर भन्नुहुन्थ्यो, त्यसकारणले पनि मैले यो गीत बजारमा ल्याएको हुँ ।’
व्यावसायिक यात्रामा सफल बनेका उनी गीत संगीतको क्षेत्रमा पनि सफल हुने उनका समर्थकहरुले बताइरहेका छन् । सार्वजनिक भएको गीत र भिडिओलाई युट्युबमा राघव प्रडक्सनमार्फत् हेर्न सकिनेछ ।






