अर्थमन्त्रीको आह्वान : युवालार्ई कषि क्षेत्रको उत्पादनमुखी काममा लगाउँ

उज्यालो प्रतिनिधि १७ श्रावण २०७९, मंगलवार मुख्य नेटवर्क

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमा बदल्ने लक्ष्य बोकेर बजेट ल्याइएको र त्यसले किसानको भूमिकालाई माथि उठाउने बताएको छ ।

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)द्वारा आज राजधानीमा आयोजित ३०औँ किसान शहीद दिवस तथा ६९औँ भीमदत्त पन्त स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषिमा आधारित उद्योगमार्फत देशमा कृषि उत्पादनमा आत्मनिर्भरता बढाउने र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने नीति सरकारको रहेको जानकारी दिए ।

त्यसका लागि किसानको भूमिका ठूलो हुने उनको भनाइ छ । “म किसान नेतालाई आह्वान गर्न चाहन्छु, तपाइँहरुको अगुवाइमा अबको उत्पादन अभियान अघि बढोस्, काठमाडौँमा आयात हुने तरकारी वरिपरिका जिल्लाले पूर्ति गर्ने गरी अभियान चलाउनुहोस्”, अर्थमन्त्री शर्माले भने , “बुढा किसान खेतबारीको डिलमा उभिनुहोस्, युवा किसानलाई उत्पादनमुखी काममा लगाए ।”

उहाँले श्रम, स्रोत र प्रविधिको परिचालनबाट मात्रै मुलुकलाई समृद्धि पार्न सकिने बताउनुभयो । लघुवित्तले अब सहुलियतपूर्ण ऋण दिने कुरा संसद्ले पारित गरेको जानकारी गराउँदै अर्थमन्त्री शर्माले किसानको घर–खेतमा गएर सहुलियत ऋण लगानी गर्ने कुरा पनि अघि बढाइएको र किसान पेन्सनको कुरा अघि बढाइएको सुनाउनुभयो । उहाँले आजको राष्ट्रियता भनेको सबल अर्थतन्त्र हो भने ।

अर्थमन्त्री शर्माले उत्पादन वृद्धिमा लाग्न आह्वान गर्र्दै आत्मनिर्भर अर्थतन्त्रमा लाग्यो भने मात्रै भीमदत्त पन्तको सपना पूरा हुने बताउनुभयो । तर आयात गरेर खाइरहनुपर्ने विडम्बनापूर्ण अवस्था रहेको उनले बताए । “हामी अहिले पनि तरकारी आयात गरेर खाइरहेका छौँ, जबकि यतिबेला मुलुकले निर्यात गर्नुपर्ने थियो”, अर्थमन्त्री शर्माले थप्नुभयो ।

उनले आत्मनिर्भर र उत्पादन वृद्धिका लागि भूमिहीनलाई जमिन उपलब्ध गराई उत्पादनमा जोड्नुपर्ने, पूँजी नहुनेलाई पूँजी दिएर उत्पादनमा लगाउनुपर्ने, औजार नभएकालाई औजार दिएर र श्रमिकलाई तामिल दिई श्रममा जोड्नुपर्ने आवश्यकता औँल्याए । यसका लागि नेपालमा सबै उपलब्धता रहेको र त्यसलाई सही व्यवस्थापन र प्रयोगमा उनको जोड थिए ।

उनले भीमदत्तले सुरु गरेको भूमिसुधारको अवधारणा अझै पूरा नभएकाले सबै मिलेर पूरा गर्नुपर्ने बताउनुभयो । परिवर्तनशीललाई पश्चगामी तत्वले रोक्न सक्नेतर्फ सचेत हुन पनि उनले आग्रह गरे ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार