गायिका सिरी लोप्चन अब मोडेल पनि !

उज्यालो प्रतिनिधि १६ जेष्ठ २०७९, सोमबार कला मनाेरञ्जन

काठमाडौं । गायिका सिरी लोप्चन अब मोडेलको रुपमा देखिने भएको छ । तामाङ भाषाको मायाप्रेममा आधारित गीत ‘सेम ह्रो’ मार्फत उनले आफ्नो अभिनयको यात्रा सुरु गर्ने भएको छ । आफ्नै स्वर रहेको उक्त गीतमा लोप्चन मोडेलको रुपमा प्रस्तुत हुने भएको हो ।

नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. ९ मा बुबा मन बहादुर तामाङ र आमा सुन्तली तामाङको कोखबाट जन्मेकी लोप्चनले २०२० देखि नेपाली सांगीतिक बजारमा पाइला राखेका हुन ।

उनले तामाङ भाषाको ‘टिकटक’ बोलको गीतबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए । विशेषगरी नुवाकोट धादिङ लगायतमा चल्ने म्हेन्दो माया गितहरु नुवाकोटला छामे, सिंगापुरकी लाहुरे,टिकटक, तामाङ सेलोहरु ङ्वन्छुप आहिन म्हाङरी, ल्हास्सो मैच्याङ बोलको गीतहरू बजारमा आइसकेका छन् ।

गीत संगीतको माध्यमले आफ्नो पहिचान बनाउन सफल गायिका लोप्चनसंग ‘सेम ह्रो’ बोलको गीतमा सागर घिसिङ जोडीको रुपमा देख्न पाउनेछ । विहिन दोङको स्वर तथा संगीत रहेको उक्त गीतको शब्द भने ज्ञानदास तामाङको रहेको छ ।

चोबार, फार्पिङ, भैंसेपाटी लगायत विभिन्न स्थानमा छायांकन गरिएको उक्त भिडियोको नृत्य निर्देशन भने अजय स्याङतानले गरेका छन् । उक्त गीतको भिडियो छिट्टैनै सिरी लोप्चन अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

गाउने र अभिनय गर्ने दुबै एकअर्कामा परिपुरक भए पनि एउटा विधामा काम गरिरहेको व्यक्ति अर्को विधामा काम गर्न चुनौतीको विषय रहेपनि आफुले आफ्नो नयाँ भिडियोको लागि निक्कै मेहनत गरेकोले दर्शकश्रोताले माया गर्ने कुरामा विश्वस्त रहेको गायिका लोप्चन बताउँछन् ।

सानैदेखि गीत संगीत क्षेत्रमा रुचि रहेरपनि समय र परिस्थितिका कारण यस क्षेत्रमा ढिलो आएको लोप्चनले एक पछि अर्को उत्कृष्ट गीतहरु बजारमा ल्याइरहेका छन् । गायन र अभिनय संगसंगै अगाडि बढाउन खोजेका लोप्चनले आफ्नो यात्रा कहाँसम्म पुर्याउन सक्लान् त्यो भने हेर्न बाँकी नै छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार