नेकपाका अध्यक्ष प्रचण्ड भन्छन् ‘हेग लगे भने त म झन् विश्वकै हिरो भएर निक्लिन्छु’

उज्यालो प्रतिनिधि १३ श्रावण २०७६, सोमबार मुख्य नेटवर्क

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग पुर्याए आफू विश्वकै हिरो बनेर निस्किने दावी गरेका छन् । ‘कतिपयले प्रचण्डलाई हेगमा लैजाने रे, एक दिन भए पनि जेलमा हाल्ने रे भनेर प्रचार गरिएको सुनेको छु, हेग लगे भने त म झन् विश्वकै हिरो भएर निक्लिन्छु,’ प्रचण्ड भन्छन्, ‘तर यिनीहरुले मलाई हेग लैजान्छन् र विश्वको हिरो बनाउँछन् भन्ने लाग्दैन । त्यो हुन दिन चाहँदैनन् ।’

आफू हेग पुगेको खण्डमा प्रचण्डको बारेमा विश्व समुदायले बुझ्न सजिलो हुने उनको भनाई छ । ‘हेग पुर्याए संसारका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ, शान्तिको पक्षमा रहेछ भनेर बुझ्छन्, मेरा लागि यो गर्वको कुरा हो ।’ उनले भने । हेग लैजाने नाममा आफू र परिवर्तनको विरुद्ध षड्यन्त्र भइरहेको उनको भनाई थियो ।

त्यसैगरी अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द (विप्लव) समूहले थालेको संघर्ष सफल नहुने उनले दाबी गरे । पेरुको, फिलिपिन्सको, श्रीलंकाको लिट्टे जस्तै समाप्त हुने खतरा रहेकाले आफूहरु शान्ति प्रक्रियामा आएको उनले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार