मन्त्री साह र राज्यमन्त्री कर्णलाई मिर्चैयामा भव्य स्वागत

उज्यालो प्रतिनिधि १४ श्रावण २०७८, बिहीबार उज्यालो फोकस

गणेश कुमार ठाकुर,सिरहा । सिरहा जिल्लाको मिर्चैया नगरपालिकाद्धारा प्रदेश नं. २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्णलगायत संघीयसांसद दिल कुमारी साहलाई भव्य स्वागत गरिएको छ ।

मन्त्री पदको जिम्मेवारी सम्हालेपछि पहिलोपटक मिर्चैया नगरपालिकामा आएका मन्त्री साह र राज्यमन्त्री कर्णलाई मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले स्वागत तथा शुभकामना कार्यक्रम गरि भव्य स्वागत गरेका हुन ।

मिर्चैया नगरपालिकाद्धारा आयोजित स्वागत तथा सम्मान समारोह कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सहभागी भएको थिए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रदेश नं. २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्णले भने, “तपाईहरुको माया,आर्शिवाद र सहयोगले म आज मन्त्री भएको छु । यसको सम्पूर्ण श्रेय तपाईहरुलाई जान्छ ।” आफु जहिले पनि जनताको अपार साथ,समर्थन र सहयोग रहेको प्रशंसा गर्दै आफु मन्त्री पदमा भए पनि नभएपनि सधैं जनताको दुःख सुखमा साथ रहने प्रतिबद्धता व्यक्त गरिन ।

उक्त स्वागत तथा शुभकामना कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादबको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश नं. २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, बिशिष्ट अतिथिको रुपमा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्र्ण,संघीयसांसद दिल कुमारी साह,मिर्चैया नगरपालिकाका उपनगर प्रमुख जिवछी देवी साह,पुर्व मन्त्री अजय शंकर नायक (अभिनाश), प्रदेश सांसद जगत प्रसाद यादव, मिर्चैया नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार सिंह,कर्जन्हा नगरपालिकाका नगर प्रमुख गंगा पासमान,कर्जन्हा नगरपालिकाको उप प्रमुख ज्ञान कुमारी श्रेष्ठ,मिर्चैया नगरपालिकाको नगरका विभिन्न वडाका वडाध्यक्षहरु,मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादब, मिर्चैया नगरपालिकाका प्रशासन शाखा प्रमुख जित साह, मिर्चैया नागरपालिकाका विभिन्न शाखाका कर्मचारीह,संचारकर्मीहरुलगायतका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मिर्चैैया नगरपालिकाका कर्मचारी धनञ्जय महतोले गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार