अमित ठाकुर,रौतहट । राम्रो कार्य गरेकै भरमा वडा स्वास्थ चौकीमा कार्यरत एक महिला कर्मचारीलाई सरुवा गरेका छन्। गौर नगरपालिकाले सौतेला ब्यवहार गर्दै वडा नंबर १ मा अवस्थित वडा स्वास्थ्य चौकीमा राम्रो कार्य गरेकी अवस्थामा रुनिता चौधरीलाई राता रात सरुवा गरेकी छिन्। वडा स्वास्थ्य चौकीमा सनिवार र आईतवार कोरोना बिरुद्धको भ्याक्सिन वडाका नागरिकहरुलाई सिस्टमै आएर लगाएकी चौधरीलाई रातारात सरुवा गरेको वडा अध्यक्ष भरत साहले बताए ।
हिजो अर्को एक महिला कर्मचारी पुजा झालाई कोरोना पोजेटिभ भई होमआईसोलेसनमा बसेकी छिन् भने अर्को एक कर्मचारीलाई बिना जानकारी फोनकै भरमा सरुवा गरेको वडा अध्यक्ष साहले बताए। गौर नगरपालिकाका स्वास्थ्य प्रमुखमा कार्यरत दिलबन्धु यादवले फोनकै भरमा वडामा राम्रो काम गरेकी चौधरीलाई सरुवा गरेको हो। वडामा कोभिड १९ को बेला राम्रो भुमिका निर्वाह गरेकी चौधरीलाई सरुवा गरेको वडा अध्यक्ष साहले बताए। वडामा भईरहेको बिकाश अवरुद्ध होस् वडा अध्यक्ष बदनाम होस बदनियतले राम्रो एक असल कर्मचारीलाई नगरपालिकाले वडा संग सौतेला ब्यवहार गर्दै सरुवा गरेको वडाध्यक्ष साहले आरोप लगाए। बर्षौदेखि अलपत्र रहेको ट्रान्समिटर चौक देखि तैयव नर्सिङ होम जाने बाटो जस्ताको तस्तै रहेको वडा अध्यक्ष साहले बताए । सो सडक सहरी बिकाश अन्तर्गत रहेको हुँदा आश्रे निर्माण सेवाले नगरपालिका संग समन्वय गरि जेसिवीले घरहरु भत्काई त्यसतै अलपत्र छोडेको वडा अध्यक्ष साहले वताए। घरहरु भत्काई महिनौंदेखि घर भाडामा लिई बस्दै आएका स्थानीयले दु:ख पोखेका छन्।
सो सडक निर्माणकार्य सम्पन्न गराउन पटक पटक पत्रचार गरेता पनि वडाको बिकाशमा नगरपालिकाले हामी संग सौतेला ब्यवहार गरेको वडा अध्यक्ष साहले नगरपालिका माथि आक्रोश पोखेका छन्। यति मात्र होई नगरपालिकाले करोडौं करोड बजेट विकास निर्माणकार्यका लागि निकासी गरि अलपत्र छोडेका स्थानीयहरुले बताएका छन्। नगरपालिकालाई ग्रिन सिटी बनाउने चुनावी एजेन्डा बनाएको भन्दै व्ईट सिटी बनाएको स्थानीयहरुले बताएका छन्। वर्षायामको बेला नगरमा जलमग्न भईरहदा पानीको निकासी नहुँदा बाध्यता बस महिनौं दिन जमेकै पानी आवत जावत गर्ने परेको स्थानीयहरु बताउँछन् ।






