एमालेमा रहेर एमालेकै सरकार ढाल्नेहरुलाई पनि अव एमाले भन्न मिल्दैन : नेता पोखरेल

उज्यालो प्रतिनिधि ८ श्रावण २०७८, शुक्रबार उज्यालो फोकस

काठमाडौँ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टीलाई घात गर्नेहरु एमाले हुनै नसक्ने बताएका छन ।

शुक्रबार एमाले काठमाडौं ४ नंवर वडा कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले पछिल्लो समय पार्टी भित्र रहेर पार्टी बिरुद्ध गतिविधी हुँदै आएको भन्दै पार्टीलाई घात गर्नेहरु एमाल हुनै नसक्ने बताएका हुन । एमालेमा रहेर एमालेकै सरकार ढाल्नेहरुलाई पनि अव एमाले भन्न नमिल्ने उनको भनाइ छ । पोखरेलले नराम्रोलाई नराम्रो भन्न सक्ने एमाले हुने र गलत कुराको पक्ष लिनेलाई एमाले भित्र कुनै ठाँउ नरहेको बताए । एमालेलाई कमजोर पार्ने काम एमालेभित्र रहेर हुनै नसक्ने उनको भनाइ छ ।

त्यस्तै एमाले केन्द्रीय सदस्य एव प्रदेश सांसद नवराज सिलवालले मुलुकको बिकास गर्नका लागि वडा तहबाटै बिकासको सुरुवात गर्नुपर्ने भएकाले आफ्नो ध्यान बिकास निर्माणमा रहेको बताए ।

कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई महासचिव पोखरेलले एमाले प्रवेश गराएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार