नेपाल पक्षको स्थायी कमिटी बैठक, के के भयो निर्णय ?

उज्यालो प्रतिनिधि ६ श्रावण २०७८, बुधबार उज्यालो फोकस

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षले आफ्ना नेताहरुलाई लक्षित गर्दै अर्को पक्षबाट भएको उत्तेजक गतिविधि र नारावाजीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार काठमाडौंमा बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने, वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारावाजी गर्ने एवम् पुत्ला जलाउने काम भइरहेको भन्दै पार्टी अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराउने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

बैठकले नेताविरुद्धका उत्तेजक नारावाजी रोकेर पार्टी एकताका काममा लाग्न पनि ध्यानाकर्षण गराएको छ । बैठकमा सवै सदस्यको जोड एकता रहेको र एकता प्रक्रियालाई अघि बढाउनुपर्छ भन्नेमा सवैको सहमति भएको उनले बताए ।

त्यस्तै अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको औचित्य नभएको बैठकको ठहर रहेको पन्तले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टीले ह्वीप लगाउन नसक्ने र अरु विषयलाई जोडेर अहिले स्पष्टीकरण सोध्नुको औचित्य नभएको उनीहरुको तर्क छ । स्पष्टीकरण सोध्ने विषय नै नरहेको र एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको नेता पन्तले बताए ।

त्यस्तै नेता गोकर्ण बिष्टले स्थायी कमिटीको अनौपचारिक बैठक बसेको बताए । एमाले भित्र देखापरेको असहज अवस्थाका बारेमा आपतकालीन छलफल भएको उनले बताए । उनले कार्यदलले तयार गरेको सहमतिलाई कसरी अघि बढाउने भन्ने बिषयमा नै छलफल केन्द्रीत रहेको जानकारी दिए । आफुहरु एकताका लागि क्रियाशिल रहेको तर सर्वोच्चको फैसलाबिरुद्ध २२ जना सांसदमाथि स्पष्टिकरण सोधिएको उहाले बताए ।

बैठकले स्पष्टिकरणले एकताको वातारणलाई धमिलाउने र कमजोर बनाउने काम गरेको निष्कर्ष निकालेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार