सिरहामा बस पल्टिदा एकको मृत्यु, दुई दर्जन भन्दा बढी घाईते

उज्यालो प्रतिनिधि ६ श्रावण २०७८, बुधबार उज्यालो फोकस

सिरहा । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ४ जिरोमाईल बडियारपट्टी सहायक सडक अन्तर्गत सन्तनगरमा यात्रुवाहक बस दुघटनाहुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एक दर्जन बढी यात्रु घाइते भएका छन् । जिरोमाईलबाट बडियारपट्टी जाने क्रममा बा २ ख ७१ नम्वरको बस पल्टिदा वरियारपट्टि गाँउपालिका ३ का ३५ वर्षीय गणेश मुख्यिा मृत्यु भएको हो ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ । मुखियाको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।
त्रिव्रगतिमा रहेका बस अनियन्त्रीत भई दुघटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी शुभाष बुढाथोकीले जानकारी दिए । चालकभने फरार रहेको जनाएको छ । उनको खोजीकार्य भईरहेको बताइएको छ । शव पोष्टमार्टमको लागि लहान लगिएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार