काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने विषय गैर कानुनी रहेको बताएका छन । बुधवार सामाजिक सञ्जाल फेसबूकमार्फत थापाले यस्तो बताएक हुन ।
पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले लेखेका छ,-‘अत: ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।’






