ओलीलाई साथ दिएर राष्ट्रपतिले समेत असंवैधानिक काम गरे : मोहन बस्नेत

उज्यालो प्रतिनिधि ४ श्रावण २०७८, सोमबार उज्यालो फोकस

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहन बस्नेत कांग्रेस नेतृत्वको सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै जनपक्षिय काम गर्ने बताएका छन

सोमबार भक्तपुरमा कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नंवर १ पार्टी प्रवेश तथा अगुवा कार्यकता भेलामा उनले संकटमा परेको लोकतन्त्र र संविधानको रक्षा गर्दै कांग्रेसले जनपक्षिय काम गर्ने बताएका हुन । नेता बस्नेतले कांग्रेसले नै संविधानको रक्षागर्ने भएकाले अन्य दलले पनि कांग्रेस प्रधानमन्त्री शेर बहादुर देउवालाई समर्थन गरेको धारणा राखे । उनले केपी ओलीलाई साथ दिएर राष्ट्रपतिले समेत असंवैधानिक काम गरेको बताए । त्यस्तै उनले सिन्धुपाल्चोकमा क्रियाशिल सदस्यता बितरणमा भेदभाव भएको आरोप लगाए । उनले अन्य दलको उजुरीका आधारमा कांग्रेस सिन्धुपाल्चोकलाई विवादमा तान्न खोजिएको भन्दै आपत्ती जनाए । उनले कार्यकर्ताको उचित व्यवस्थापन गर्न नसके आगामी दिनमा नया क्रियाशिल सदस्य कांग्रेसमा नआउने बताए ।

कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई नेता बस्नेतले कांग्रेस प्रवेश गराएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार