प्रधानमन्त्री देउवाद्धारा ‘जोन्सन एण्ड जोन्सन’ खोप अभियानको शुभारम्भ

उज्यालो प्रतिनिधि ४ श्रावण २०७८, सोमबार उज्यालो फोकस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सरकारबाट प्राप्त ‘जोन्सन एण्ड जोन्सन’ खोप अभियानको शुभारम्भ गरेका छन ।

प्रधानमन्त्री देउवाले सोमबार गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ परिसरमा पुगेर अपाङ्गता भएकालाई कोरोनाविरुद्ध जोन्सन खोप दिने अभियानको शुरुआत गरेका छन । सो अवसरमा प्रधानमन्त्री देउवाले सबै नेपालीलाई खोप लगाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए । अमेरिकी सरकारबाट प्राप्त ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाउन थालिएको हो ।

त्यस्तै प्रधानमन्त्री देउवाले काठमाडौंको बीर अस्पताल लगाएतका अन्य खोप केन्द्रमा पुगेर खोप अभियानको अनुगमन र निरिक्षण गरेको थियो ।

अमेरिकाले नेपाललाई एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप उपहारमा उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपाङ्गता भएका क र ख वर्गको परिचय पत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मीलगायतलाई दिइने छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार