काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई भष्मासुरको संज्ञा दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएर संसदको पूर्णकार्यकाल सुनिश्चित भएसँगै भट्टराईले ओलीलाई भष्मासुरको संज्ञा दिँदै भनेका छन्, ‘अन्ततः भष्मासुरलाई बिदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो ।’
अन्तत:भष्मासुरलाई विदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो!नेकपाको२/३बहुमत कांग्रेस गठबन्धनमा सर्यो!१२-बुॅदे समझदारी र शान्तिसम्झौताका सहकर्मीहरूको टुटेको कडी जोडियो।पर्दा पछाडिका खेलाडीहरूको खेलमा तत्काल विराम लाग्यो।तर नबिर्सौं: Eternal vigilance is the price of liberty!
— Baburam Bhattarai (@brb1954) July 18, 2021






