शिवु खनाल ,दाङ । दाङको लमहीमा बाख्रा पालक कृषकलाई व्यावसायिक बनाउन उन्नतजातका माउबाख्रा वितरण गरिएको छ । बाख्रापालक कृषकको आयआर्जनलाई बढाई जीवनयापनमा सहज बनाउने उद्देश्यले माउबाख्रा वितरण गरिएको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थालेअध्यक्ष पुनम घर्ती मगरले बताए ।
दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले पचासजना महिला कृषकलाई निशुल्क रुपमा एक सयवटा माउबाख्रा वितरण गरेको छ । बाख्रा प्रवद्र्धधन साझेदारी कार्यक्रम अन्तरगत लमही नगरपालिकाको १२ लाख ९६ हजार ६ सय आर्थिक सहयोगमा कृषकहरुबाट एकसय वटा माउबाख्रा खरिद गरि व्यवसायीक रूपमा बाख्रापालन गर्दै आएका लमही नगरपालिका वडा नम्बर ७ र ८ का पचासजना महिला कृषकलाई पहिचान गरेर निशुल्क रूपमा बाख्रा वितरण गरिएको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष पुनम घर्ती मगरले बताउनुभयो । सहकारीले पचासजना महिला कृषकलाई प्रति व्यक्ति दुईवटाका दरले निशुल्क एकसय वटा माउ बाख्रा वितरण गरेको हो ।
दुईलाख २५ हजार ५० रूपैयाँ अनुदान
दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले ६४ जना खसिबोका पालन कृषकलाई दुईलाख २५ हजार ५० रूपैयाँ अनुदान पाएका छन् । अनुदान पाउने सबै किसान हर्षित छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमले कृषकमा उसाह छाएको छ । ०७६ कार्तिक १ गते देखि ०७७ असार ३० गते सम्म दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत ६४ जना कृषकले दुईलाख २५ हजार ५० रूपैयाँ अनुदान पाएका संस्थाका व्यवस्थापक हरिनारायण चौधरीले जानकारी दिए ।
किसानले सहकारीमा विक्रि गरेको खसी बोकाको प्रति किलो २५ का दरले विक्रि गरेको मात्राको आधारमा किसानलाई अनुदान वितरण गरिएको छ । यस्तै निलकम सामाजिक उद्यमी महिला सहकारी संस्थाले दुईलाख २० हजार ९ सय ६२ रुपैँया ७१ जना बाख्रापालक र तिनलाख ४० हजार छसय रुपैँया तिनसय १३ जना दुग्धका किसान र समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्थाले ४६ जना बाख्रा पालन किसनालाई ६१ हजार ६ सय ८७ रूपैया अनुदान वितरण गर्न लागेकोे ग्रामीण महिला उत्थान केन्द्र दाङका कार्यक्रम संयोजक भिमकान्त चौधरीले जानकारी दिए ।
कृषकलाई निशुल्क घाँसको बेर्ना वितरण
कृषकलाई घाँसको बेर्ना वितरण दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले बाख्रापालन कृषकलाई निशुल्क रूपका घाँसको बेर्ना वितरण गरेको छ । घाँसको बेर्ना वितरण कार्यक्रम अन्तरगत लमही नगरपालिकाको ३ लाख ४३ हजार ५ सय रूपैयाँ आर्थिक सहयोगमा सहकारीले संस्था मार्फत कारोबार गर्ने विभिन्न बाख्रापालन कृषकलाई बकैनो, सुपरनेपियर, सिडलेस किम्भु, दालचिनिका घाँसका बेर्ना वितरण गरेको हो ।
दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष पुनम घर्ती मगरको अध्यक्षता एवम् लमही नगरपालिका प्रमुख कुलबहादुर केसीको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख देबका बेल्वासे, लमही नगरपालिका पशुसेवा शाखा प्रमुख शिवराज न्यौपाने लगायतले बोलेका थिए । सहकारी संस्थाका संचालक समितिका सचिव निर्मला शर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका लेखा संयोजक लक्ष्मी चौधरीले गरेको थियो । उत्पादन गरे वाफत पाउने अनुदान पाउँदा कृषकहरुले खुसि व्यक्त गरेका थिए ।।






