प्रम देउवाले आज विश्वासको मत लिनका लागि अनुकूल समय : ज्योतिषी रिजाल

उज्यालो प्रतिनिधि ३ श्रावण २०७८, आईतवार उज्यालो फोकस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषी सुरेशचन्द्र रिजालले आज विश्वासको मत लिनका लागि अनुकूल समय रहेको बताएका छन् । उनाले सामाजिक सञ्जाल फेसबूकमार्फत सो कुरा बताएका हुन ।

प्रधानमन्त्री देउवाले पनि आजै अपरान्ह ४ बजे विश्वासको मत लिँदै छन् । यसका लागि विश्वासको मत लिनेबारे पत्र संसद सचिवालयमा दर्ता भइसकेको छ ।

‘सत्तालाई शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारीमा गृहकार्य थाल्नु भएको छ,’ ज्योतिष रिजालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘शक्तिको उपासना गर्दै शक्तिशाली अवस्थामै रहँदै देश र जनताका भावना पूरा गर्नका लागि २७ गतेबाट सुरु भएको गुप्त नवरात्रअन्तर्गत आज नवमी तिथि, सूर्य ग्रहकोबार, आईतबार र तुला राशिमा चन्द्रमा भएको शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नका लगि आजको दिन विशेष कार्य शिद्धिको योग परेको छ ।’

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार