गण्डकी प्रदेश : एमालेको अवरोध र नाराबाजीकाबीच बजेट पारित

गण्डकी । गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीकाबीच आगामी बर्षको बजेट पारित भएको छ ।

बुधबार सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु आक्रोशित बनेका थिए ।

पर्याप्त छलफल विना नै बलमिच्याईं ढंगले विधेयक पास गर्न लागेको भन्दै एमाले आक्रोशित बनेको हो । एमालेका सांसदहरुले रोष्टम घेराउ गरेर मुख्यमन्त्री पोखरेललाई रोक्ने प्रयास गरेका थिए । तर पोखरेलले अवरोधकै बीच बजेट पारित गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

मार्सल लगाएर बजेट पास गराउन खाजेको भन्दै एमाले सांसदहरुले नाराबाजी गर्दै सदन बहिष्कार गरेका थिए । उनीहरु बाहिरिएपनि सभामुखले सदन अघि बढाउदै बैठकमा निर्णयार्थ पेश भएको विनियोजन विधेयक पास गरिएको हो ।

प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागी स्थगित गरिएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार