भक्तपुर । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्था एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको गद्दारिकै कारण आएको आरोप लगाएका छन ।
दलबलसहित सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका ओलीले कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन ।
उनले भने, ‘माधवकुमार नेपाल गद्दार हुन्। उनकै कारण अहिलेको अवस्था आएको हो। नेपालको सर्वोच्च अदालतमा कहिँ नभएको जात्रा भयो। मलाई जनमतले होइन अदालतमा मुद्दा हालेर निकालियो। जालझेर गरेर निकालियो। मर्न परे पनि शानले मर्छौँ।’






