काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वाेच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको बताएका छन् ।
सोमवार सर्वाेच्चको फैसला आएपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता कोइरालाले सो कुरा बताएका हुन ।
कोइरालाले लेखेका छन्, ‘लामो रस्साकस्सीपछि सर्वोच्च अदालतले आज जनता र लोकतन्त्रको पक्षमा ऐतिहासिक फैसला गरेको छ । सर्वोच्चको उक्त फैसलाले संविधानको रक्षा गरेको छ ।’
लामो रस्साकसी पछि सर्वोच्च अदालतले आज जनता र लोकतन्त्रको पक्षमा ऐतिहासिक फैसला गरेको छ।
सर्वोच्चको उक्त फैसलाले संविधानको रक्षा गरेको छ।— Dr Shekhar Koirala (@Shekharnc) July 12, 2021






