सर्वोच्चको फैसलाविरुद्ध आन्दोलनको घोषणा गर्दै प्रदर्शनमा महेश बस्नेत

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् ।

सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुले सबै फैसला मानिंदैन लेखिएको ब्यानर प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘शक्ति पृथकीकरणको रक्षा गरौं, संवैधानिक सर्वोच्चता कायम गरौं’, ‘आइ एम विथ केपी ओली’ लगायत नारा लगाएतका थिए ।

सर्वोच्चले फैसला गरेलगत्तै ओलीनिकट सांसद महेश बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध आन्दोलनको घोषणा गर्दै प्रदर्शनमा उत्रन आह्वान गरेको थियो । प्रदर्शनमा सहभागी भएका बस्नेतले खिलराज रेग्मी बन्ने सपना नदेख्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई चेतावनी दिए । उनले न्यायमूर्तिहरुले संविधानको रक्षा गर्न नसकेको आरोप लगाए । बस्नेतले अन्तराष्ट्रिय सेटिङबाट सर्वोच्चलाई घाँस खुवाएर गराइएको फैसला गराएको टिप्पणी गरे । सर्वोच्च अदालतलाई प्रधानमन्त्री चयन गर्ने अधिकार संविधानको कुनै धाराले नदिएको उनले बताए ।

सर्वोच्चको फैसलापछि अप्रिय घटना हुन सक्ने भन्दै सर्वोच्च अदालतदेखि नयाँ बानेश्वर लगाएत बिभिन्न क्याम्पस अगाडी ठूलो संख्यामा सुरक्षाकर्मी परिरचालन गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार